चुडामणि तिमल्सिना
बेथानचोक– काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. १ मा रहेको चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच वार्षिकोतसव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवन अधिकारीले चक्रेश्वर मा.वि.ले त्यस भेगमा पुर्याएको योगदानकोबारेमा चर्चा गरे । अध्यक्ष अधिकारीले गाउँ गाउँमै विकासका आयाम थप्न आफूहरु लागि रहेको बताउँदै नागरिक शिक्षित छन्, उनीहरुको देशको आर्थिक, सामाजिक, र वित्तीय स्थितिको उत्थानको लागी देशको विभिन्न क्षेत्रहरुमा रोजगार पाउने बताए । शिक्षा राष्ट्रको लागि पनि मूल्यवान रहेको र राम्रो स्तरको शिक्षा भए समाज रुपान्तरणमा समय नलाग्ने उनको तर्क थियो ।
कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिनाले विकास निर्माणका काममा सबै एक जुट हुन आग्रह गरे । जुन पार्टीमा रहे पनि, जुन पार्टीमा गए पनि नगए पनि समाज रुपान्तरणमा सबैको योगदान पुज्य हुने भएकाले दलीय स्वार्थभन्दा माथि उठेर च्याम्राङभेगको विकासका लागि सहकार्य गर्न सबैसँग अनुरोध गरे । उनले सानो परिधीमा सञ्चालित निजी विद्यालयमा अभिभावकको आकर्षण बढिरहँदा हाम्रा सामुदायिक विद्यालय सुविधासम्पन्न हुँदा पनि किन मन जित्न सक्दैनन भन्ने प्रश्न गर्दै गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्नेमा विद्यालयको ध्यानाकर्षण गरए । शिक्षण सिकाइ क्रियाकलाप गुणस्तरीय बनाउन अभिभावक, शिक्षक, विद्यार्थी र पाठ्यक्रमको बहुआयामिक सम्बन्ध स्तरीय हुनुपर्ने बताउँदै वडा अध्यक्ष तिमल्सिनाले मुख्य भुमिका निर्वाह गर्ने प्रतिभाशाली जाँगरिलो शिक्षक नै भएको बताए । उनले आफूमा मैजुदा ज्ञान सीपलाई परिस्कृत गदै शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले वार्षिक प्रदिवेदन पेश थिए भने बेथानचोक गाउँपालिका महिला बालबालिका शाखा प्रमुख सुजाता आचार्य, भैरव मा.वि. चन्देवी प्रा.वि. कालिदेवी आ.वि.का प्र.अ., चक्रेश्वर साकोस, नवप्रतिभा साकोसका प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष ङलप्रसाद दाहाल, संघका पूर्व अध्यक्ष तुलप्रसाद दाहाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मखमली सिंतान लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयको विभिन्न गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, पूर्व शिक्षक लगायतलाई सम्मान गरिएको कार्यक्रममा विद्यार्थीले मनै लोभ्याउन प्रतिभा प्रस्तुत गरेका थिए । समारोहको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास गोलेले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























