चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा रहेका कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लि.को १६ औं स्थापना दिवस सम्पन्न भएको छ । विभिन्न पेशा ब्यबसाय गरि काठमाण्डौमा रहेका आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो ।
संस्थाका अध्यक्ष लक्ष्मण गौतमको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीको प्रमुख आतिथिको रुपमा रहेका थिए । त्यसैगरि सो कार्यक्रममा संस्थाका भूपू अध्यक्ष, हालका सल्लाहकार, वडा नं. ३ का वडा अध्यक्ष चित्र प्रसाद चौलागाई लगायतका अतिथिहरु रहेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रीय सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहकारीमा समस्या आउनुको कारण सदस्य जागरण, शिक्षा तालिम र सुचना नहुनु प्रमुख रहेको बताए । केहि संस्थामा समस्या आएको अवस्थामा राम्रालाई पनि एकै रुपमा व्याख्या गर्न नहुने, हरेक सहकारीहरू एक अर्कामा सहकार्य गर्दै अभियानलाई बलियो बनाउनु आजको आवश्यकता रहेको बताउँदै उनलेसंस्थालाई बहुउद्धेश्य कार्यहरु अघि बढाउदा राष्ट्रिय सहकारी बैंकले आवश्यक सहयोग गर्ने समेत जानकारी दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष गौतमले सहकारीमा संरक्षित पुँजी फिर्ता कोषको महत्व र सो को कार्यान्वयनको बारेमा चित्रण गर्नुको साथै संस्थामा संकास्पद ऋण, खराब ऋण र त्यसले मुनाफामा पार्ने असर लगायतका विषयमा बोलेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























