नमोबुद्ध– काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थित दाप्चामा बाथरोग सम्वन्धी स्वास्थ्य निःशुल्क शिविर सम्पनन भएको छ । नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविर उद्धघाटन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जनतालाई स्वास्थ्य सुविधा पुर्‍याउन आफू सधै प्रतिवद्ध भएको बताए ।

शिविरबाट सो क्षेत्रको ८८ जना स्थानीय लाभान्वित भएका छन् । संयोजक बिलबहादुर श्रेष्ठका अनुसार शिविरमा विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी समेत वितरण गरिए थियो । नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाका सभापति नविन अधिकारीका अनुसार परिक्षण पछि समस्या देखिएकालाई थप स्वास्थ्य परिक्षण पनि निशुल्क गरिएको छ ।

कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ८ का अध्यक्ष शेरबहादुर तामाङ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष एवं दाप्चा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर अधिकारी, प्रधानाध्यापक दिनेशप्रसाद अधिकारी, डराउनेपोखरी स्वास्थ्य चौकी इञ्चार्ज पुरूषोत्तम न्यौपानेसहित, रेडक्रसकर्मी, दाप्चा मावि जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुको उपस्थिती थियो ।

नगर प्रमुख लामाले सहयोगी महिला जागरण मञ्च काठमाडौंका अध्यक्ष राधा श्रेष्ठ र नेशनल बाथरोग सेन्टरका तर्फबाट डा. मनिषा भोछिभोयालाई कदर पत्र प्रदान गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।