काठमाडौं चर्चित नायिका सीता थिङले निर्देशन गरिकी मिख्ली बेनन ङार्जी गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

युवा गायक युनिक दोङको शब्द ,चर्चित गायक तथा संगीतकार अमृत लामाको संगीत रहेको गीतमा संगीतकार तथा गायक जोगलाल लामाको आवाज रहेको छ।

उक्त गीतको म्युजिक भिडियोमा तामाङ चलचित्र जगतको चर्चित नायक तथा तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तान र चर्चित नायिका एंव निर्देशकद्वय सीता थिङले नै मुख्य भुमिका निर्वाह गरिएका छन् ।

आफुले माया गरेको मान्छेले यो संसार छोडेर गएको बेलामा बोकेको पीडादायीको बारेमा रहेको छ। जुन माया जसलाई गरेको हुन्छ त्यो माया आफुलाई पाउने उदेश्यले अथाह माया ममता दिएको हुन्छ ।जवकी आफुले माया गरेको मान्छे आफ्नो नभए भगवानको प्यारी हुन पुगेको बेला आफ्नो मुटु छिया छिया भएको सन्देश गीत र म्युजिक भिडियोबाट दिएको छ।

गीतको एरेञ्ज नोर्बु शेर्पा , मिक्सिङ दिपेस प्रधानले गरेका छन् ।भने भिडियो छायांकन लक्ष्मण घिमिरे साथै इडिट मेग बहादुर थापाले गरेको हो।

यस म्युजिक भिडियो युवा गायक युनिक दोङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।