रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिकाको १३ औं अधिवेशन शुरु भएको छ । आइतबार शुरु भएको सो अधिवेशनमा गाउँपालिका अध्यक्ष दिनेश लामाले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाइबाले आर्थिक वर्ष २०८०।८१ को बजेट प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष लामाले विकास तथा समृद्धिको लक्ष्य प्राप्तिको अवसर तथा चुनौति, नीति तथा कार्यक्रम तर्जुमाका आधारहरु, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासको सवालमा हालसम्मका प्रमुख उपलब्धिहरु प्रस्तुत गरेका थिए ।

यसैबीच उपाध्यक्ष वाइबाले आर्थिक वर्ष २०८०÷८१ को लागि ७४ करोड २७ लाख ६० हजार बजेट प्रस्तुत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।