ललितपुर– जिल्ला सहकारी संघ लि. काभ्रे ७७ जिल्लामध्ये उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट घोषणा गरेसँग उत्कृष्ट सहकारी अभियान पुरस्कार समेत प्राप्त भएको छ ।

राष्ट्रिय सहकारी महासंघ लि.ले आयोजना गरेको १०१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघको रुपमा पुरस्कृत भएको हो । संघीय संसदका सभामुख देवराज घिमिरेको हातबाट जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले उक्त पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए ।

जिल्ला सहकारी संघ लि. ले केहि बर्षदेखि निकै उत्साहपूर्ण रुपमा जिल्लामा सहकारी विकास, विस्तार तथा प्रवद्र्धनका हिसावले उत्कृष्ट कार्य गर्दै आइरहेको छ । १४९५ वटा सहकारी संस्थाहरु रहेको यस जिल्लामा सहकारीको क्षेत्रमा संस्थाहरुको वृद्धि विकास सहित क्षमता अभिवृद्धि, सचेतनामूलक कार्य गर्दै आवश्यकताका आधारमा सहकारी संस्थाहरुका लागि व्यवसाय प्रवद्र्धन र उत्पादनमूलक कार्यका लागि ऋण लगानीका कार्यहरु समेत गर्दै आइरहेको संघका अध्यक्ष शर्माले जानकारी दिए ।

पुरस्कार पाउँदा निकै हर्षित भएको विचार राख्दै जिल्लाको अभियानमा यो सबै जिल्लावासीहरुको खुसीको बिषय भएको र यही उचाईंलाई सदा कायम गर्दै आफु रहुन्जेल सुशासन, पारदर्शी र जवाफदेही हिसावले संघ÷संस्थाको वृति विकासमा निरन्तर लागि पर्ने धारणा राखे । पुरस्कारसँगै चूनौतीहरु पनि थपिएको महसुश गदै उनले पुरस्कार प्राप्त गर्दै गर्दा आगामी दिनहरुमा पनि अझै सशक्त रुपमा नयाँ नयाँ खालका योजनाहरु बनाई संस्थाहरुको आर्थिक अवस्था सुधार तथा हाल देखिएको समस्या समाधान गर्नका लागि अनेकौं समस्याहरु समाधान गर्ने बाटोमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला संघ काभ्रेले आफ्नै सुविधा सम्पन्न ५ तल्ले भवन निर्माण गरी कार्यालय समेत नयाँ भवनमा सुरु गरेको छ भने समयानुकूल नयाँ नयाँ विभिन्न खालका राष्ट्रियस्तरका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।