चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आज बुधबार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १२ औं गाउँ अधिवशेनको दोस्रो बैठक मार्फत उपाध्यक्ष शेरबहादुर तामाङले ५७ करोड ३७ लाख २३ हजार रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् ।

उपाध्यक्ष शेरबहादुर तामाङले प्रस्तुत गरेको बजेटमा आय तर्फ नेपाल सरकारबाट समानीकरण तर्फ रु. ८ करोड ८० लाख मात्र, नेपाल सरकार बाट सशर्त तर्फ रु. २८ करोड ७२ लाख मात्र, नेपाल सरकार समपुरक अनुदान तर्फ रु. ५० लाख मात्र, नेपाल सरकार राजश्व बाँडफाड तर्फ रु। ८ करोड १ लाख ९० हजार मात्र, वागमती प्रदेश सरकार समानीकरण तर्फ रु. ८२ लाख १२ हजार मात्र, बागमती प्रदेश सरकार बाट सशर्त तर्फ रु. २ करोड ३१ लाख ८६ हजार मात्र, बागमती प्रदेश सरकार बिशेष अनुदान तर्फ रु. ७० लाख मात्र, बागमती प्रदेश सरकार समपुरक अनुदान तर्फ रु. १ करोड मात्र, बागमती प्रदेश सरकार राजश्व बाँडफाड तर्फ रु. २ करोड ४१ लाख ८० हजार मात्र, राजश्व बाडँफाड स्थानीय तर्फ रु. १० लाख मात्र, आन्तरिक श्रोत रु. ९५ लाख मात्र, चालु आ.व. को मौज्दात तर्फ रु. ३ करोड १ लाख ५५ हजार मात्र, गरी कुल जम्मा ५७ करोड ३७ लाख २३ हजार रहेको छ ।

यसैबीच उपाध्यक्ष तामाङले व्यय तर्फ आर्थिक विकास अन्तर्गत कृषि विकास तर्फ रु. ५२ लाख ३० हजार मात्र, पशु विकास तर्फ, रु. ३९ लाख मात्र, पर्यटन तर्फ रु. २२ लाख मात्र, सहकारी तर्फ रु. १० लाख र जलस्रोत तथा सिंचाई तर्फ रु. ३७ लाख ५० हजार मात्र जम्मा गरी कुल रु।१ करोड ६० लाख ८० हजार मात्र विनियोजन गरेको छ ।

न्तर्गत शिक्षा विकास तर्फ रु. १ करोड २४ लाख ३० हजार मात्र, स्वास्थ्य तर्फ रु. ९८ लाख ७ हजार मात्र, खानेपानी तथा सरसफाई तर्फ रु. ६७ लाख मात्र, संस्कृति प्रवर्धन तर्फ रु. ९७ लाख ५० हजार मात्र, खेलकुद मनोरञ्जन तर्फ रु. ९ लाख ५० हजार मात्र र लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ रु. ३९ लाख ५० हजार मात्र गरी कुल जम्मा रु. ४ करोड ३८ लाख ८७ हजार मात्र विनियोजन गरेका छन् ।

यसैबीच पुर्वाधार विकास अन्तर्गत यातायात पुर्वाधार तर्फ रु. १ करोड २० लाख मात्र, भवन तथा सहरी विकास तर्फ रु. २ करोड ९० लाख मात्र, उर्जा, लघु तथा साना जलविद्युत तर्फ रु. १३ लाख मात्र, सूचना तथा सञ्चार प्रविधि तर्फ रु. १० लाख ५० हजार मात्र र श्रम तथा रोजगार तर्फ रु. ३ लाख ५० हजार मात्र गरि कुल जम्मा रु. ४ करोड ४ करोड ३७ लाख मात्र, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र अन्तर्गत वन तथा भू(संरक्षण तर्फ रु. २ लाख मात्र, विपद् व्यवस्थापन तर्फ रु. १४ लाख मात्र, सुशासन प्रवद्वन रु. ३३ लाख मात्र गरी कुल जम्मा रु. ४६ लाख मात्र विनियोजन गरेका छन् ।

कुन वडामा कति ?

वडा नं १, २ र ९ प्रति वडा ३० लाख, वडा नं ४, ७ र ८ प्रति वडा ३५ लाख, वडा नं ३, ५ र ६ प्रति वडा ४० लाख गरि रु. ३ करोड १५ लाख विनियोजन गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।