तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा नाक, कान, घाँटी र मुख सम्बन्धी अभिमुखिकरण तथा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । विहिबार तेमाल गाउँपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ८५ जनाको दाँत सम्बन्धी परिक्षण भएको स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकले जानकारी दिए । सो कार्यक्रममा दाँत निकाल्ने, घाँटी, नाक, कानको समेत परिक्षण गरिएको थियो । अधिकांशको थप उपचारको लागि मेथिनकोट अस्पतालमा रिफर गरिएको पाठकले बताए ।

परिक्षणको लागि मेथिनकोट अस्पतालबाट अर्थोपेडिक सर्जन तथा नसर्ने रोगको फोकल पर्सन डा. आनन्द मणि उपाध्याय, कल्सल्टेन्ट प्रोस्योडेन्टिस्ट डा. प्रतिष्ठा घिमिरे र डा. अनुजा कारंजीत, डेन्टल सर्जन डा. रोना लामिछाने पुगेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दलमान थोकर, वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।