खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंम सेविकालाई समेत सो अवसरमा विदाई गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामपुकार यादवले सरकारले तोकिएको उमेरहद नाघेका १० जना महिला स्वास्थ्य स्वयंम सेविकालाई सम्मानजनक रुपमा विदाई गरेको बताए ।
उनका अनुसार गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ र उपाध्यक्ष दोर्जेमान जिम्बाले उनीहरुलाई जनही नगद १० हजार रुपैँयासहित प्रमाणपत्र र दोसल्ला ओढाएर विदाई गरेका हुन् । जसमा खानीखोला–२ की उर्मिला वाईबा, वडा नं. ३ की सरीमाया थापा मगर, माकूमाया घिसिङ र सुन्दरीमाया थिङ रहेको छ ।
त्यस्तै वडा नं. ५ की दिलकुमारी आचार्य र पासाङ डोल्मा, वडा नंं. ६ का राममाया भोलन, राममाया गोले र ङन मायासँगै वडा नं. ७ की सुमती मोक्तान रहेका छन् । महिला स्वास्थ्य स्वयंम सेविकाहरुले गाउँपालिकाकाको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको सदैव सम्मान हुनुको साथै सम्झिरहने गाउँपालिकाले जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























