महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)ले प्रोत्साहन तथा पोषण भत्ता वितरण वितरण गरेका छन् ।
आज गोकुले स्वास्थ्य चौकीमा सुत्केरी महिला, कुपोषण भएका बालबालिका र पूर्णखोप लगाएका सिमान्तकृत पहरी समुदायलाई प्रोत्साहन तथा पोषण भत्ता वितरण गरेका हुन् ।
वडा अध्यक्ष जिम्बाका अनुसार आर्थिक वर्ष २०७९।०८० मा गोकुले स्वास्थ्य चौकीमा २६ जना संस्थागत सुत्केरी गर्ने महिलाहरुलाई जनही २ हजार रुपैयाँ, कुपोषण भएका बालबालिकालाई जनही ५ हजार रुपैयाँ र पुर्णखोप लगाएका सिमान्तकृत पहरी समुदायका बालबालिकालाई ३ हजार रुपैयाँका दरले प्रोत्साहन तथा पोषण भत्ता वितरण गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























