काठमाडौं । गीत, संगीत मानव जीवनमा एकदमै महत्त्वपूर्ण भुमिकाको रुपमा लिन सकिन्छ ।दुखमा होस् या सुखमा संगीतको धुन सुन्दा प्रफुल्ल हुन्छन् मानिसको मन। यस्तै संगीतको दुनियाँमा गहिरिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेको संगीत प्रशिक्षक, गायक तथा संगीतकार कुमार योञ्जनको नयाँ सांगीतिक प्रस्तुति ” तिम्रो माया दिलमा खोपाैला”गीतका म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।
शैलुङ गाउँपालिका वडा ३ दोलखा बुवा लुङगु लामा, अामा सम्झना लामाको काखबाट जन्मिनु भएको संगीत प्रशिक्षक कुमार योञ्जन लामा विगत २५ अाै वर्ष देखि निरन्तर संगीत क्षेत्रमा नै व्यस्त छन् ।
प्रकाश तामाङको रचना,गायक तथा संगीतकार कुमार योञ्जनको संगीत,एरेञ्ज रहेको गीतमा संगीतकारद्वय योञ्जनकै सुमधुर आवाज रहेको छ।
कतिपय गीतहरुको म्युजिक भिडियोमा आफ्नै प्रेमी प्रेमिका जस्तो गरेर अभिनय गरिरहेका हुन्छन् ।तर यस गीतमा भने यो काल्पनिक नभए यथार्थ नै अाफ्नै जोडीले अभिनय गरेका छन्। मोडल मनु तामाङ कुमार योञ्जनकै जीवन संगीनी हुन्।यस भिडियोमा कुमार योञ्जन र गायककै जीवन संगीनी मनु तामाङले मुख्य भुमिका निर्वाह गरेका छन् ।उक्त म्युजिक भिडियो अतिथि कलाकारमा तामाङ चलचित्रको महानायक अमिर दोङ रहेको छ।भने कुईसाङ रुम्बा,पदम दोङ,तिर्थ वाइवा र धुर्व तामाङले भिडियोमा अभिनय गरेका छन् ।
तामाङ चलचित्र महानायक अमिर दोङको निर्देशनमा तयार गरेको भिडियोको छायांकनमा पवन सुशलिंग कोरियाग्राफर युद्ध लामा ब्लोन भिडियो सम्पादन, कलर कुमार योञ्जनले गरेको हो। यस् म्युजिक भिडियो गायक कुमार योञ्जनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























