एजेन्सी । भारतीय योग गुरु रामदेवले आयुर्वेदिक औषधीहरुको उत्पादन र खाद्य पदार्थहरुको उत्पादनमा बजार कब्जा गरे पछि अब उनी टेलिकम क्षेत्रमा पनि प्रवेश गरेका छन् । पतञ्जली आयुर्वेदले भारत सञ्चार निगम लिमिटेडसँग सहकार्य गर्दै स्वदेशी समृद्धि सिम कार्ड बजारमा ल्याएका छन् ।

पतञ्जलिले बजारमा ल्याएका दुई सिम कार्डले भने मानिसहरुमा द्विविधामा पार्ने देखिन्छ । किनकी बजारमा पतञ्जलीका दुई सिम आएका छन् । पहिलो पतंजलि स्वदेश समृद्धि सिम कार्ड र दोस्रो स्वदेशी समृद्धि कार्ड हो ।

अब प्रश्न यो छ कि दुबै सिममा के छ त फरक ?

के हो पतञ्जलीको स्वदेशी समृद्धि सिम कार्ड र ?

यो एक सिम कार्ड हो जसको प्रयोग मोबाइल फोनमा नै हुन्छ यो सिम कार्ड चाँडै नै बजारमा आउँदैछ । यस सिम कार्डमा बिएसएनएलसँगको सहकार्यमा बजारमा ल्याइएको छ । यो सिमको कमाइ सामाजिक कार्यमा हुने पतञ्जलिको दाबी छ ।

यस सिमको लागि BSNL ले १४४ रुपैयाँ, ७९२ रुपैयाँ र १,५८४ रुपैयाँका तीन डाटा र कल सुबिधा सुबिधा दिएको छ । हालै यो सिमको पतञ्जलिका कर्मचारीहरुले प्रयोग गर्न सक्छन् ।

के हो पतञ्जली स्वदेशी समृद्धि कार्ड ?

यो कार्डको प्रयोग किनमेलका लागि हुनेछ । यसको सदस्य शुल्क भारतीय रुपैयाँ एक सयमा बन्न सकिने छ । यो कार्डमार्फत पतञ्जलीका सामानहरुको खरिदमा १० प्रतिशतसम्म छुट हुने बताईएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।