काभ्रे – काभ्रेमा संचारिका समुह गठन भएको छ । काभ्रेका महिला पत्रकारहरुलाई थप सशक्त र एकजुट बनाउने उदेश्यले शनिबार पत्रकार महासंघको भवनमा एक कार्यक्रमका बिच संचारिका समुह गठन गरिएको हो ।
सुनिता सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा सम्झना हुमागाई, महासचिवमा ज्योति श्रेष्ठ, सचिवमा अञ्जली तामाङ, कोषाध्यक्षमा मालती कुवर, तथा सदस्यहरुमा सीता काफ्ले, विपाशना शाक्य, काजल तामाङ, शोभा हुमागाई चयन भएका छन् ।
कार्यक्रम सञ्चारिका समुह नेपालका अध्यक्ष बिमला तुम्खेवाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।
त्यस्तै कार्यक्रममा सञ्चारिका समुहका केन्द्रिय सदस्य राधा खनाल, भगवती तिमल्सिना, नेपाल पत्रकार महासंघका पुवअध्यक्ष इश्वरी ओझा, महेश पौडेल, प्रेस युनियनका केन्द्रिय सदस्य कपिल कोइराला समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य बुद्धकुमार श्रेष्ठ(रोहित), नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपाने, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















