काठमाडौ– मिठास, सुमधुर आवाज रहेको युवा गायक हर्क दोङ तामाङको आवाज रहेको “आउँदै जहाज चढेर” बोलको गीत बजारमा आएको छ।
जे.बि दोङको सांगीतिक प्रस्तुति रहेको उक्त गीत जे.बि दोङकै शब्द , तामाङ कलाकार संघको पुर्व अध्यक्ष सञ्जिव वाइवाको संगीत रहेको छ।
गीतको एरेञ्ज फणीन्द्र राईले रहेको थियो भने अडियो मिक्सिङ दिपेस प्रधानले गरेको हो।
केही समय अगाडि बजारमा सार्वजनिक भइसकेको गायक हर्क दोङको आवाजमा रहेको “ङा ब्रेजी” भन्ने गीतले निकै चर्चा कमाएको थियोे ।
उक्त सार्वजनिक भएको गीत डम्फू मिडिया प्रालि को अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरेको हो।
गीत सुन्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























