भक्तपुर ।तामाङ पत्रकार संघ भक्तपुरको आयोजनामा २९ औं तामाङ प्रसारण दिवसको उपलक्ष्यमा मानव शास्त्री डा. मुक्त सिंह तामाङको प्रमुख आतिथ्यतामा मंगलबार माउन्टेन मल्टिपल कन्सल्टेन्सी सुर्यविनायक भक्तपुरमा सम्पन्न भएको छ।

२९ औं तामाङ प्रसारण दिवसमा भक्तपुर शाखाले वर्तमान परिस्थितिमा तामाङ पत्रकारको “अवस्था ,सम्भावना र चुनाैती” बारे वहस कार्यक्रम राखेका थिए।

वि.सं.२०५१ साल भाद्र १ गते पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषाको समाचार वाचन गरेको दिनलाई स्मरण गर्दै तामाङ पत्रकार संघले तामाङ प्रसारण दिवसको रुपमा मनाउंदै आएका छन् । रेडियो नेपालमा पहिलो पटक रमिता बलको आवाजमा तामाङ भाषको समाचार वाचन गरेको २९ बर्षमा प्रवेश भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिमा नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले ज्यु,तामाङ राष्ट्रिय घेदुङको महासचिव प्रविन बल,राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तान रहेका थिए।

अतिथिमा नेपाल तामाङ घेदुङको संघीय उपा महासचिव तथा तामाङ पत्रकार संघको पुर्व अध्यक्ष जगत दोङ,वरिष्ठ सञ्चारकर्मी अमरध्वज लामा, नेपाल चलचित्र संघको अध्यक्ष कुमार मोक्तान ,नेपाल तामाङ कलाकार अध्यक्ष विश्व दोङ,नेपाल तामाङ कलाकार संघको निवर्तमान सञ्जिव वाइवा,उत्प्रेरक वक्ता बिकास देव योन्जन तामाङ, नेपाल तामाङ शैक्षिक परामर्श संघको अध्यक्ष के.डी मोक्तान,तामाङ चलचित्र संघ वाग्मती प्रदेशको अध्यक्ष अस्मान वाईवा, एभरेष्ट फेसन होमको अध्यक्ष रञ्जिता ब्लोन,नेपाल तामाङ घेदुङको अध्यक्ष विलम मोक्तान ,राष्ट्रिय महिला घेदुङ अध्यक्ष वाविता योञ्जन लगायत विभिन्न संघ, संस्थाका अतिथिहरु उपस्थिति थिए।

तामाङ पत्रकार संघ भक्तपुरको अध्यक्ष सुदिन लामा दोङक‍ो संयोजकत्वमा सम्पन्न कार्यक्रम संघका सचिव छेेडुप लामा दोङले सञ्चालन गरेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।