२०७५जेष्ठ २४ गते ,भक्तपुर
गायक अबिसेक तामाङको “तेमाल नाम्सा कोरबान खाबा जेब जेब छामे म्राङदासि” तामाङ भाषाको दोहारी गित बजारमा आएको छ। सङ्गे तामाङ ब्लोनको शब्द तथा गायक अबिसेक तामाङको संगीत र स्वरमा सजिएको उक्त गितलाई जितु लोप्चनले साथ दिएको छ। परपल रेकर्डिङ स्टुडियो नक्साल काठमाडौंमा रेकर्ड गरेको उक्त गितलाई नोर्बु शेर्पाले संगीत सम्योजन गरेको हुन।
गत हप्ताको शनिबार भक्तपुरको घ्याम्पे डाडा र पाइलट बाबा आश्रम आसपासमा छायांकन सकेको उक्त भिडियोमा सेन्जी क्रु भक्तपुरले फिचरिङ गरेको छ। अहिलेको फेसन बनेको ड्रोन क्यमारा प्रयोग गरेर खिचिएको उक्त भिडियो दर्शकको रोचाइमा निश्चितरूपमा पर्ने बताएका छ्न गायक आबिसेक तामाङले। ड्रोन क्यमारा बिक्रम मोक्तान DSLR कबिन योन्जनले छायांकन गरेको यस म्युजिक भिडियोमा “सिमलको भुवा”को मोडेल सिर्जना तामाङ “देन्बा माया”को हेरोइन शुस्मा मोक्तानले अर्टिस्ट फिचरिङ गरेको छ्नभने क्रुको डिरेक्सन प्रतीक ङ्यस्युर र भुमिकामा लक्ष्मी तामाङ , प्रशान्त तामाङ, जीवन लामा, अजय थिङ र श्रिङ्गारपट्टर सृष्टि थापा मगरको छ। पप गितको गायकले गाएको “तेमाल नम्सा कोर्बान खाबा” यो पहिलो तामाङ भाषाको गित हो। उहाँको माया तिमिलाई , ट्याटु खोपेर, हास्दैमा म्यैच्याङ जस्ता गितहरु चर्चित छन। तेमाल नाम्सा भिडियो हेर्नको लागि यो लिङ्क क्लिक गर्नुहोला।।