काठमाडौं ।नेपाल तामाङ माैलिक व्हाईला न्हानको तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशनबाट न्हानको अध्यक्षमा सञ्जिव तामाङ (पोङ्दीला च्याङबा) को अध्यक्षतामा १७ कार्यसमिति चयन भएको छ।
संस्थाको तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशन शनिबार भदौ २ गते लिंसगु गाउँपालिका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यतामा तामाङ भवन बाैद्वमा सम्पन्न भएको हो।
उक्त अधिवेशनबाट कार्यसमितिमा चयन भएकाहरु अध्यक्षमा सञ्जिव तामाङ (पोङ्दीला च्याङबा)चयन भएको छ।वरिष्ठ उपाध्यक्ष विमल तामाङ, उपाध्यक्ष अन्द्रे घिसिङ र लक्ष्मी योञ्जन तामाङ तीनजना उपाध्यक्ष रहेका छन् ।सचिवमा ज्ञानु बहादुर तामाङ(हिलेको ज्ञानु)सहसचिव कमानसिंह लामा कोषाध्यक्ष मिम लामा(रोशीला च्याङबा)रहेका छन् ।
सदस्यहरुमा जोगलाल तामाङ, निर्मला तामाङ,सानुमाया थोकरर(गागले साइली)पर्वती तामाङ, सजिना तामाङ लालबहादुर तामाङ फुलकुमारी भ्लोन,लाक्पा तामाङ,र (अनिस) अमर बहादुर मोक्तान कार्यसमितिमा चयन भएका छन् ।
कार्यक्रममा माैलिक गीतमा योगदान पुर्याउनेहरुलाई विशेष सम्मान गरिका थिए।
उक्त कार्यक्रममा विशेष अतिथि गोकर्णश्वर नगरपालिकाको उपप्रमुख सान्ननी लामा नेपाल तामाङ घेदुङको सहअध्यक्ष कुमार घिसिङ राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल,तामाङ बाैद्व महासंघको महासचिव टेकराज मोक्तान,नेपाल तामाङ शैक्षिक परामर्श संघको अध्यक्ष के.डी मोक्तान, तामाङ चलचित्र संघका वागमती प्रदेशको अध्यक्ष असमान वाइवा, नेपाल तामाङ घेदुङ ताम्वा संघको अध्यक्ष पसाङ मोक्तान सञ्चारकर्मी तथा गायक सुनिल लामा, चलचित्र निर्देशक विनय दोङ लगायतका अतिथिहरु उपस्थिति रहेका थिए।
कार्यक्रम सुनिता वल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्ञानु बहादुर तामाङ सञ्चालन गरेको हो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























