भक्तपुर । नेपाली पप र सेलो गायक अविशेक तामाङको नयाँ तामाङ निकै ठट्यौली गीत “पोङ्दी नाम्साला साईली”बोलको गीतको म्युजिक भिडियोको छायांकन सकेको छ।
शब्द ङिमा दोङ,संगीत पवन लामाको रहेको गीतमा युवा गायक अविशेक तामाङ र गायिका सुमिना लो को आवाज रहेका छन् ।
तेमालको केटाले पोङ्दी नम्साला साइली न री क्वान्बा फुली, पितलला मुनाम क्यारे पिङपिङ तासी निचिम।
भनेर प्रहार गरेको पाइन्छ ।
विशेष गरेर काभ्रेको तेमालको केटा र रामेछापको पोङ्दी गाउँकी केटी एकअर्का बीचमा शब्दको निकै भिडन्त गरेका छन् ।
उक्त म्युजिक भिडियोमा तामाङ चलचित्रको चर्चित नायक सगर घिसिङ,र मोड्लिङ क्षेत्रका चर्चित मोडल लाक्पा लामा र नव मोडल रेजिना योञ्जनले मुख्य भुमिका निर्वाह गरिएको छ।
भिडियो निर्देशक प्रतीक ङ्यसुरले निर्देशित गरेको म्युजिक भिडियो विवेक लामाले छायांकन गरेका हुन् ।
सो म्युजिक भिडियोको छायांकन भक्तपुरको नलिञ्चोक र काठमाडौंको गोकर्णको दृश्यहरु देख्न सकिनेछ ।
गीतको एरेञ्ज जोग लाल लामा फणीन्द्र राईको रहेको छ।छायांकन भिडियोको धमाधम सम्पादन कार्य भइरहेको भिडियो निर्माण पक्षले जानकारी दिएको छ।
उक्त म्युजिक भिडियो चाडैं बजारमा आउने साथै पप तथा सेलो गायक अविशेक तामाङको अफिसियल युट्युव च्यानालबाट सार्वजनिक गरिने भएको छ।

























