काठमाडौं । गायक, नायक तथा सञ्चारकर्मी सुनिल लामाको रिमिक्स गीत “साङाला जिर्मा” बजारमा सार्वजनिक भएको छ।
म्हेन्दोला फोले कार्यक्रमको प्रस्तुति रहेको गीत तामाङ पत्रकार संघ केन्द्रीय समितिद्वारा आयोजित २९ औं तामाङ प्रसारण दिवसमा वागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री माननीय तिर्थ लामा प्रमुख अतिथिमा सम्पन्न एक विशेष समारोह बीच भदौ १ गते शुक्रबार पर्यटन विकास बोर्ड भृकुटीमण्डप काठमाडौबाट उक्त गीतलाई सार्वजनिक गरिएको हो।
साङाला जिर्मा ग्वाईवारी म्हेन्दो
तोजा ल्हासे बपा छाइला छुर
एङा ला धिमनाम तालावा म्हेन्दो
चैतला बुलबुल सेम तुलबुल।
बि.सं. २०३८ रेकर्ड भएको गायक मोक्तानको स्वरमा रहेको साङाला जिर्मा बोलको यो गीत निकै पुरानो हो। यस गीतमा शब्द, संगीत चन्द्रकुमार मोक्तानको रहेछ ।भने नयाँ रिमिक्समा सञ्चारकर्मी तथा गायक सुनिल लामा र सोनिया लामा दम्पती को सुमधुर आवाज रहेको छ । भने र्याप तर्फ (ysk) ग्रुपका याङसाङ,साङडुप,कवाङ र कर्म को रहेका छन् ।
यस भिडियोमा निर्देशक अभि लामा र अनिता गोलेको मुख्य भूमिका निर्वाह गरिएको छ। भने छायांकन पवन सुस्लिङ,कोरियाग्राफरमा विकास अर्याल कलर सागर लामा इडिट फरज/ अर्पणको रहेका छन् ।
२०५१ सालदेखि ‘बिन्ती बिसाउछु’ एल्बमबाट नेपाली गायन क्षेत्रमा होमिएका लामा नेपाली, तामाङ गीत संगीत तथा तामाङ चलचित्रमा निरन्तर संघर्ष गर्दै आएका थिए । उनले नेपाली गीत एल्बम ‘बिन्ती बिसाउछु’ र ‘चाहाना’ सँगै थुप्रै तामाङ गीतहरु समेत ल्याएकाछन् ।
यस गीतलाई म्हेन्दोला फोले पोडकास्टको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक भएको छ।

























