बनेपा– काभ्रे जिल्ला किक बक्सिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले रामध्वज लामाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा के.डी.श्याम लामा, सुमन नेपाली र अनिष मोक्तान, सचिवमा विल बहादुर तामाङ, सह–सचिवमा विनोद तामाङ, कोषाध्यक्षमा प्रेरणा तामाङ चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा करिणा तामाङ, दिनेश लामा, सागर लामा, कपिल लामा रहेका छन् ।
अधिवेशनको उद्घाटन वागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले एक समारोहका बिच गरेका थिए । कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मानवीर वाइबा, राष्ट्रिय किक बक्सिङ संघका केन्द्रीय महासचिव दीपक श्रेष्ठ, काँग्रेस युवा नेता राम योञ्जान, किक बक्सिङ रेफरी चिफ राजु सिं बजिको, किक बक्सिङ अन्तर्राष्ट्रिय रेफरी कृष्ण राम ज्याकिबान्जार, कराँते गुरु रामशरण त्वाती, कराँते गुरु सूर्य लामा, युवा नेता पूर्व बक्सिङ खेलाडी राना बहादुर लामा लगायतका सहभागी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























