बनेपा– गायक अशोक मोक्तानको तामाङ पप सेलो गित `आङिला जामे´को आपार सफलता पछि पुनः आम स्रोतामाझ `काभ्रेलि छोरो´ बोलको नेपाली पप सेलो गित यूट्युब मार्फत सार्वजनिक भएको छ । गत शुक्रवार बौद्ध स्थित द सेन्होर हाउसमा एक समारोहका बीच सार्वजनिक गरेकाे हाे ।

तामङ फिल्म जगतका महानयक अमिर दोङको प्रमुख आतिथ्यतामा गायक अशोक मोक्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको थियाे । युवाहरु माझ निक्कै चर्चा कमाइसकेकाे उक्त गीतले टिकटकमा समेत भाइरल भइरहेकाे छ । 

उक्त गीतको तामाङ हरफ साङ्गे ब्लोन तामाङले गरेका हुन् भने कम्पोज अशोक मोक्तान आफैले गरेका हुन् । काभ्रेली छोरो गीतको एरेन्ज तथा मिक्सिङ दिपेश प्रधानले गरेका हुन् भने नृत्य निर्देशन मिस्टर काजीले गरेका हुन् । गीतको छायांकन र तयार त्रिलोक लामाले गरेका हुन् भने म्युजिक भिडियोमा तामाङ फिल्म जगतका महानयक अमिर दोङ, सुनिता दोङले अभिनय गरेका छन् ।

भिडियाे हेर्नुहाेस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।