नेपाल । हङकङमा हुने “डम्फू साँझ” कार्यक्रममा मनोरञ्जन सांगीतिक प्रस्तुतिका लागि नेपालबाट अहिलेका चर्चित सेलो गायक तथा संगितकार बिशाल काल्तान , चर्चित गायिका जितु लोप्चन , चर्चित गायक उर्गेन दोङ र गायिका दुर्गा गुरुङ हङकङ जाँदैछ।
हङकङ तामाङ घेदुङ र हङकङ तामाङ घेदुङ आङि समुहको संयुक्त आयोजनामा ” हाम्रो संस्कृति हाम्रो सान , बचाऔं आफ्नो पहिचान ” भन्ने मुल नाराका साथ यहि सेप्टेम्बर ३, २०२३ मा ” डम्फु साँझ – २०२३ “ कार्यक्रम हङकङमा हुदैछ ।
डम्फूलाई तामाङ समुदायले संस्कृतिक धरोहरको रुपमा लिएको हुन्छ ।त्यसैले त संसारका जुनसुकै कुनामा रहे पनि डम्फूलाई जगेर्ना गर्नुपर्ने अनि डम्फूलाई विश्व सामुमा चिनाउने उदेश्य रहेको उक्त डम्फू साँझ गर्न लागेको आयोजकले बताएको छ।
तामाङ समुदायको पहिचान , संस्कृति अनि सभ्यता बोकेको बाजा डम्फुको ईतिहास नयां पिढिलाई थाहा दिने साथै आफ्नो भाषा, संस्कार र संस्कृतिलाई जोगाउने मुल उदेश्य राखेर गर्न लागेको हो।
कार्यक्रम यहि सेप्टेम्बर ३ , २०२३ मा हङकङको योमा तेई कम्युनिटि हलमा सांझको ७ बजेबाट हुने आयोजक समितिले जानकारी दिएको छ।