भक्तपुर । नेपाली पप र सेलो गायक अविशेक तामाङको नयाँ तामाङ निकै ठट्यौली गीत “पोङ्दी नाम्साला साईली”बोलको गीतको म्युजिक भिडियोमा तामाङ चलचित्रको चर्चित नायक सागर घिसिङ, तामाङ म्युजिक भिडियोका चर्चित मोडल लाक्पा लामा र नव मोडल रेजिना योञ्जनको रोमान्टिक डान्स रहेको भिडियो बजारमा आएको छ।
तामाङ गीत संगीतका बजारमा दोहोरीहरु प्रायः बजारमा आइरहेका हुन्छन्।यस् म्युजिक भिडियो भने पृथक म्युजिक भिडियोको रुपमा लिन सकिन्छ ।
शब्द ङिमा दोङ र पवन लामाको,संगीत पवन लामा रहेको गीतमा गायक अविशेक तामाङ र गायिका सुमिना लो को सुमधुर आवाज रहेका छन् ।
तेमालको केटाले पोङ्दी नम्साला साइली न री क्वान्बा फुली, पितलला मुनाम क्यारे पिङपिङ तासी निचिम।
भनेर प्रहार गरेको पाइन्छ ।
भिडियो निर्देशक प्रतीक ङ्यसुरले निर्देशित गरेको म्युजिक भिडियोको छायांकन र भिडियो सम्पादन विवेक लामाले गरेका हुन् ।
सो म्युजिक भिडियोको छायांकन भक्तपुरको नलिञ्चोक र काठमाडौंको गोकर्णको दृश्यहरु देख्न सकिनेछ ।गीतको एरेञ्ज जोग लाल लामा फणीन्द्र राईको रहेको छ। भने अडियो मिक्सिङ दिपेस प्रधानले गरेको हो।
गायक तथा संगीतकार अभिषेक तामाङको नेपाली पप र तामाङ प्रेमगीत र सेलो गीतहरु गरि निकै हिट गीतहरु बजारमा आइसकेका छन् ।
गत शनिबार सार्वजनिक भएको यस म्युजिक भिडियोलाई हालसम्ममा लाखौं दर्शकहरुले हेरिरहेका छन् ।यस म्युजिक भिडियोलाई गायकद्वाय अविशेक तामाङको अफिसियल युट्युव च्यानालबाट हेर्न सकिनेछ ।
भिडियो हेर्नुस्

























