काठमाडौं ।भाद्र १६ गते शनिबार हुने २८औं तामाङ चलचित्र प्रदर्शन दिवस,T.F.R विशेष सम्मान तथा साँस्कृतिक कार्यक्रम २०८० को सम्पूर्ण तयारी पुरा भएको छ।
तामाङ चलचित्र संघको आयोजनामा “हाम्रो चलचित्र माैलिक चलचित्र,राष्ट्र निर्माणमा तामाङ चलचित्र” भन्ने मुल नाराका साथै २८औं तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा (T.F.R) सम्मान,तामाङ चलचित्र क्षेत्रमा योगदान दिने साथै तामाङ समुदायका विभिन्न क्षेत्रबाट तामाङ चलचित्रलाई सकृय रुपमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई विधागत विशेष सम्मान प्रदान गर्ने साथै विशेष साँस्कृतिक कार्यक्रम हुने तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तानले जानकारी दिएको छ।
उक्त कार्यक्रम तामाङ समुदायको चर्चित गायक,गायिकाहरुले सांगीतिक प्रस्तुतिहरु राखिने कलाकारहरु वरिष्ठ गायक रोज मोक्तान,पहिलो तामाङ र्यापार उतर लामा, चर्चित गायक तथा संगीतकार निमा दोङ,प्रकाश तितुङ,पप गायक अविशेक तामाङ, गायक तथा संगीतकार सानुबाबु घिसिङ,चर्चित गायिका सुमिना लो,गायक च्वायस दोङ,पुजा तामाङ अञ्जु थोकर मदन ग्लान,लक्ष्मी स्याङतान,प्रकाश दोङ,तामाङ,सुशील तामाङ,अर्पण थिङ,कर्मध्वज तामाङ ,प्रेमा तामाङ साथै चर्चित मोडल निरञ्जली तामाङको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ।
संघले २०५२ सालबाट चलचित्र प्रदर्शन दिवसका रुपमा मनाउँदै आएको २८ वर्ष पुरा भएको छ भने यस प्रदर्शन दिवसकमा आम चलचित्रकर्मीहरु निकै उत्साहित ढंगले अगाडि बढिरहेका छन् ।
शनिबार दिउँसो १२:३० बजेबाट राष्ट्रिय पर्यटन विकास बोर्ड सभाहल हुने कार्यक्रममा आम चलचित्रकर्मी, महानुभावहरु,बुद्धिजीवी,कलाकार सञ्चारकर्मी साथै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई तामाङ चलचित्र संघद्वारा अनुरोध समेत गरेका छन् ।

























