काठमाडौं ।तामाङ चलचित्र संघद्वारा २८औं तामाङ चलचित्र प्रदर्शन दिवस तथा T.F.R विशेष सम्मान तथा साँस्कृतिक कार्यक्रम २०८० भव्य रुपमा सम्पन्न भएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा शनिबार राष्ट्रिय पर्यटन विकास बोर्ड सभाहलमा भएको हो।
पहिलो तामाङ चलचित्र निर्माता र निर्देशक स्वर्गीय जयन्द लामा र दोस्रो तामाङ चलचित्र निर्देशक स्वर्गीय दिपेन्द्र दोङलाई श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमलाई औपचारिकता दिएको थिए।
“हाम्रो चलचित्र माैलिक चलचित्र,राष्ट्र निर्माणमा तामाङ चलचित्र” भन्ने मुल नाराका साथ २८औं तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा टिएफआर सम्मानबाट १८ विधामा सम्मान गरिएका थिए।

सम्मानित हुनेहरुमा तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्याउन हुने साथै तामाङ चलचित्रलाई युट्युवमा पहिलो पटक ट्रेन्डिङमा पर्न सफल तामाङ चलचित्र दोर्जे डन ब्याक अगेनका निर्माता भगवती मोक्तान फिल्म अफ दि इयर विधामा, सिंह बहादुर तामाङ लेखन,डिवि दोङ निर्देशक,रञ्जिता ब्लोन लाईफ टयम्स्
achievement,विधा ,कुईसाङ रुम्बा खलनायक,सागर घिसिङ नायक विधा,रुपा एस घले नायिका विधा,निमा दोङ संगितकार विधा,निमा लामा तामाङ नृत्य निर्देशक विधा,सुदिन लामा दोङ पत्रकार विधा ,प्रकाश तितुङ गायक विधा ,सुमिना लो गायिका विधा,अविशेक माझी छायांकन विधा,गोकुल तामाङ हास्य कलाकार विधा, विश्वास भण्डारी सम्पादक विधा ,जोगलाल लामा मेम्बर अफ दि इयर विधा,कान्छा लामा तामाङ निर्माता विधा र म्हारमेन घले हास्य कलाकार विधामा संघले सम्मानित गरेका थिए।
संघले २०५२ सालमा स्वर्गीय जयनन्द लामाद्वारा २०५१
निर्माण गरेको पहिलो तामाङ चलचित्र सेमरी छोर्कान तामाङ चलचित्र प्रदर्शन भएको दिनलाई प्रदर्शन दिवसका रुपमा मनाउँदै आएको छ।सोही दिनलाई तामाङ चलचित्र संघले चलचित्र प्रदर्शन मनाएको २८ वर्ष भएको छ ।
उक्त कार्यक्रम तामाङ समुदायको चर्चित गायक,गायिकाहरु पहिलो तामाङ र्यापार उतर लामा, चर्चित गायक तथा संगीतकार निमा दोङ,प्रकाश तितुङ,पप गायक अविशेक तामाङ, गायक तथा संगीतकार सानुबाबु घिसिङ,चर्चित गायिका सुमिना लो,गायक च्वायस दोङ,पुजा तामाङ अञ्जु थोकर मदन ग्लान,लक्ष्मी स्याङतान,प्रकाश दोङ,तामाङ,सुशील तामाङ,अर्पण थिङ,कर्मध्वज तामाङ ,प्रेमा तामाङ साथै चर्चित मोडल निरञ्जली तामाङ , ल्हामिन थिङ लगायतका कलाकारहरु सांगीतिक प्रस्तुतिहरु राखेको थियोे ।
तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तानको संयोजकत्वमा सम्पन्न कार्यक्रम संघकी महासचिव सुनिता लुङबाले सञ्चालन गरेकी थिए।

























