काठमाडौं । तामाङ कलाकार संघको १६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशन हुँदैछ ।

बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री माननिय तिर्थ लामाको प्रमुख अतिथिमा उद्घाटन गर्ने उक्त कार्यक्रम २०८० भाद्र २३ गते शनिवार याङरिमा हिलसिटी बाैद्व जोरपाटीमा हुने भएको छ।

सम्पुर्ण तामाङ कलाकारहरुको एकता,तामाङ कला,संस्कृतिकको विकास संरक्षण र प्रवर्द्धन हाम्रो प्रतिबद्धता भने मुल नाराका साथ गर्ने लागेका १६ औं वार्षिक साधारणसभा तथा अधिबेशनमा संस्थामा आबद्द सदस्यहरुले नवीकरण गर्ने र नव सदस्य लिन पनि आव्हान समेत गरेका छन् ।

कार्यक्रममा सम्पूर्ण तामाङ कलाकार,पत्रकार ,कलाप्रेमी महानुभावहरुलाई उक्त कार्यक्रममा उपस्थिति लागि संघका अध्यक्ष विश्व दोङले निमन्त्रणा समेत गरेका छन् ।

उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपले सम्पन्न गर्नका लागि तामाङ कलाकार संघका सम्पूर्ण समितिहरु तिव्र गतिले अगाडि बढिरहेको आयोजक समितिले जानकारी दिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।