बौद्ध– तामाङ समुदायका कलाकारहरुको छाता संस्था नेपाल तामाङ कलाकार संघको आठौं अधिवेशनले चर्चित गायक तथा संगीतकार विशाल काल्तान निर्वाचित भएका छन् । शनिवार सम्पन्न अधिवेशनले कल्तानको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएका हुन् ।

अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा‚ उपाध्यक्षमा सुवास मोक्तान‚ महासचिवमा खेम मोक्तान‚ सचिवमा निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामा निर्विरोध निर्वाचित भएका छन् । यसैबीच सदस्यहरू बुद्ध लामा‚ रेश्मा बमजन‚ जितु लोप्चन‚ आसमान लोप्चन‚ जीवन बमजन‚ लक्ष्मी स्याङ्तान‚ अन्जु थोकर‚ मीन योन्जन‚ बसन्ती लामा‚ अनिता गोले‚ सुमिना लो‚ मिलन थिङ ‘पराङ’‚ प्रदीप लामा र स्मारिका थिङ तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

तामाङ कलकारलाई व्यवसायीका बनाउने, प्रकाशनमा आएका तामाङ गीतसङ्गीतको संकलन तथा अभिलेखीकरण गर्ने र तामाङ साँस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लगायतका उद्देश्यका साथ २०६२ सालमा दर्ता भएको यस संस्था तामाङ कलकारहरूको अभिन्न अङ्गको रूपमा स्थापित छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।