धुलिखेल- अबैध रुपमा सुन लुकाई छिपाई ल्याएको आरोपमा १ किलो सुन सहित काभ्रेका ३ जना पक्राउ परेका छन । जिल्ला प्रहरी परिसर, काठमाण्डौंका अनुसार गत सोमबार बिहान ०९:२५ बजेको समयमा दुबईबाट हिमालयन एयरलाईन्सद्वारा नेपाल ल्याउने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खानीखोला गाउपालिका वडा नं. ३ घर भई हाल ऐ जिल्ला पनौती न.पा. वडा नं. ५ बस्ने बर्ष २८ को बाबुलाल दोङ, रोशी गा.पा. वडा नं. ३ घट्टेखोला घर भई बस्ने वर्ष ३३ को जगत लामा, महाभारत गा.पा. वडा नं. ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने वर्ष ३६ को मिङमा दोर्जे स्यान्तान रहेको जिल्ला काभ्रे खानीखोला गाउपालिका वडा नं. ३ घर भई हाल ऐ जिल्ला पनौती न.पा. वडा नं. ५ बस्ने बर्ष २८ को बाबुलाल दोङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल बाहिर सार्वजनिक सडक खण्ड पेटी किनारमा हिड्दै गरेको अबस्थामा फेला पारी तत्काल निजलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुको साथबाट प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन जस्तो पहेलो धातु मलद्वारमा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट सुन जस्तो पहेलो धातु डल्लाको ९६० ग्राम (मान्यता प्राप्त तराजुमा तौल गर्दा), हिमालयन एयरलाईन्सको टिकट थान १ ३. निजको नाममा जारी भएको PA1608538 न. को राहदानी थान १, ४. Redime कम्पनिको मोवाईल थान १, बागमती प्रदेश ०१ २७प च ९९६० नं. को क्रेटा गाडी थान १, बागमती प्रदेश ०२०३० प. ८५१७ नं. को कालो रंगको बुलेट मोटरसाईकल थान १ बरामद गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















