चौंरीदेउराली गाउँपालिकाको बाह्रौ गाउँसभाको बजेट अधिवेशनमा मिति २०८०।०३।२० गते बुधबारका दिन उपाध्यक्ष श्री शेरबहादुर लामा तामाङले प्रस्तुत गर्नु भएको बजेट बक्तव्य
आदरणीय गाउँ सभाका अध्यक्षज्यू,
सभाका सदस्य ज्यूहरु
१. नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरे अनुरुप काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाको सम्मानित बांह्रौ गाउँसभा समक्ष आर्थिक वर्ष २०८०।०८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गरिरँहदा अत्यन्त गर्वको महसुस गरेको छु । साथै यो सम्मानित सभा समक्ष आगामी आ.व. को बजेट प्रस्तुत गर्ने अनुमती चाहन्छु।
२. यस महत्वपूर्ण अवसरमा लोकतन्त्र प्राप्त गर्न र समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि विभिन्न समयमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनको क्रममा आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति उच्च सम्मान गर्दै हार्दिक श्रद्धानञ्जली व्यक्त गर्दछु | घाईते तथा बेपत्ता नागरिकहरु प्रति उच्च सम्मान परिवारजनमा गहिरो सहानुभूति प्रकट गर्दछु ।
३. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, संघ एवम् प्रदेश सरकारका आवधिक योजनाले परिलक्षित गरेका विषयहरु, दिगो विकासका लक्ष्यहरु, प्रदेश सरकारका न्युनतम साझा कार्यक्रम, स्थानीय राजनीतिक दलहरुको चुनावी घोषणापत्र, सम्माननीय राष्ट्रपतिज्यूबाट २०८० जेष्ठ ५ मा संघीय संसदमा प्रस्तुत संघीय सरकारको नीति तथा कार्यक्रम र २०८० जेठ १५ गते नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ.व. ०८०/०८१ को बजेट गाउँपालिका विषयगत समिति, जनप्रतिनिधिहरु, स्थानीय राजनीतिक दलहरुको सर्बदलीय बैठकबाट प्राप्त सुझाव र अन्य सरोकारवाला नागरिक समाजका व्यक्तित्वहरुबाट प्राप्त सल्लाह सुझावहरु समेतको आधारमा मैले यो बजेट कार्यक्रम तर्जुमा गरेको छु।
४. आगामी आर्थिकवर्ष २०८०।०८१ को बजेट देहायको उद्देश्य प्राप्ति गर्न केन्द्रित रहने छ ।
-
उत्पादनमा वृद्धि, आयस्तरमा वृद्धि, रोगजारी सृजना, गरिवी निवारण, व्यस्थित पुर्वाधार बिकासमा जोड दिने ।
-
वित्तीय अनुशासन पालन गर्ने, पारदर्शिता कायम गर्ने, सुशासन कायम गर्ने ।
-
कृषिमा र पशु आधारित व्यवसायहरुबाट आत्मनिर्भर तर्फ उन्मुख हुने ।
-
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाह गरी सबै नागरिकलाई सर्वसुलभ निःशुल्क सेवा उपलब्ध गराउने |
-
अनुशासित, मर्यादित खेलाडीको विकास गर्न विभिन्न खेलकूद कार्यक्रममा जोड दिने ।
-
सामाजिक सुरक्षा, लैंगिक समानता र सामाजिक समावेशीकरणमा जोड दिने ।
-
वन तथा वातावरण संरक्षण र विपद् व्यवस्थापनमा जोड दिने |
-
गुणस्तरीय खानेपानी र सरसफाईमा जोड।
-
कृषि तथा पशु प्राविधिक उत्पादनमा जोड दिने ।
-
स्थानीय साहित्य, कला, भाषा संस्कृतिलाई संरक्षण गरी प्रवर्द्धन गर्नमा जोड दिने ।
-
आधुनिक सूचना प्रविधिको विकासमा जोड दिने ।
५. यस बजेटमा राजश्व सुधार योजना कार्यान्वयन गर्न आवश्यक जोड दिएको छु । व्यवसायिक
करको दायरालाई विस्तार गर्न सबै प्रकारका व्यवसायलाई अभिलेखीकरण गर्ने व्यवस्था
मिलाएको छु ।
६. आर्थिक वर्ष २०७९।०८० को आय र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्ष २०७९।०८० को असार मसान्त सम्मको संसोधित आयव्ययको अनुमान र आगामी आर्थिक वर्ष ०८०।०८१ को अनुमानित आयव्ययको विवरण अनुसूचीमा उल्लेखित गरेको छु ।
आदरणीय गाउँ सभाका अध्यक्षज्यू,
सभाका सदस्यज्यूहरु
अब क्षेत्रगत वार्षिक मुख्य कार्यक्रम तथा बजेट विनियोजन प्रस्तुत गर्न अनुमती चाहन्छु ।
७. गाउँपालिकाको प्रशासनिक भवन निर्माणको थालनी यसै वर्षबाट गरिने छ । जसको लागि रु २ करोड विनियोजन गरेको छु ।
८. गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न सामुदायिक विद्यालयमा कार्यरत वाल विकास शिक्षक, विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गरी पालिका भित्रका विद्यालयको प्रभावकारी संचालनको लागि रु. ४४ लाख रकमको विनियोजन गरेको छु ।
९. एक घर एक धाराको नीति कार्यान्वयन गरी सबैलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न आवश्यक प्रक्रिया मिलाएको छु | साथै चौंरीदेउराली गाउँपालिका भित्रका खानेपानी आयोजनाहरुसम्पन्न गर्नको लागि रु. ६९ लाख रुपैंया विनियोजन गरेको छु ।
१०. कृषि क्षेत्रको विकास गरी स्वरोजगार सृजना गर्न र कृषि उपजको उत्पादन र बजारीकरणको
लागि आवश्यक व्यवस्था मिलाएको छु । प्रत्येक वडामा रहेका कृषि सेवा केन्द्र प्रभावकारी रुपमा सञ्चालनको लागि भएका आवश्यक कर्मचारीहरु परिचालन गरी समग्र कृषि क्षेत्रको विकासको लागि रु ५२ लाख ३० हजार विनियोजन गरेको छु ।
११. सिंचाई सुविधा नपुगेका खेती योग्य जमिनमा समुचित सिंचाईको प्रवन्ध गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१२. वडामा रहेका पशु प्राविधिकहरुबाट पशु पन्छीमा देखिने रोगहरुको निदान गर्न आवश्यक पर्ने औषधि निशुल्क वडा कार्यालयबाट वितरण गर्ने व्यवस्था मिलाएको छु ।
१३. लघु उद्यमको विकास र प्रवर्द्वन गरी स्वरोजगार सृजना गर्न साथै चौंरीदेउराली गा.पा. अन्तर्गतको लघु उद्यमी संघलाई प्रभावकारी तरीकाले परिचालन गर्न आवश्यक व्यवस्था मिलाएको छु।
१४. गाउँपालिका भित्र रहेको मन्दिर, गुम्वा, छ्योर्तेन लगाएतका पर्यटकीय एवम् धार्मिक स्थानहरुको निर्माण सम्पन्न र मर्मतको लागि रु. ९८ लाख ५० हजार वजेटको विनियोजन गरेको छु ।
१५. पालिका क्षेत्रको सिमानमा होडिङ बोर्डहरु निर्माण गर्नका लागि रु. ४ लाख विनियोजन गरेको छु ।
१६. बिभिन्न गैह्रसरकारी संघ संस्थाहरुको साझेदारीमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य ‘महिला सशत्तिकरण सामाजिक समावेशीकरण तथा समुदायको बहुआयामिक विकाश लगायतका क्षेत्रहरुमा काम गर्नका लागि म्याचिङ फण्डको व्यवस्था गर्ने योजना बनाएको छु |सो समेतको लागि रु. ४० लाख रुपैया बजेट बिनियोजन गरेको छु |
१७. विपद जोखिम न्यूनीकरणको लागि रोकथाम, नियन्त्रण, उपचार राहत आदि कार्यका लागि विपद् ब्वस्थापन कोषमा रु. १४ लाख विनियोजन गरेको छु । १८. महिला, दलित, अपांग र
१८.अति विपन्न समुदायलाई स्वरोजगारी सृजना गर्न, उद्यम विकास, सशक्तिकरण गरी विकासको मुलप्रवाहमा ल्याउन तथा जेष्ठ नागरिक र बालबालिका सम्बन्धी कार्यक्रम संचालन गर्न रु. ३९ लाख ५० रकम विनियोजन गरेको छु ।
१९. संस्थागत स्वमूल्यांकन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण तथा वित्तीय
सुशासन जोखिम मूल्याङकन गर्न आवश्यक रकम व्यवस्था गरेको छु ।
२०. जनसंख्या भूगोल र क्षेत्रका आधारमा वडाभरीका योजनाहरुलाई प्राथमिकरण गरेर विनियोजन
गर्नका लागि वडाहरुलाई निम्नानुसार वजेटको व्यवस्था गरिएको छ ।
वडा नं १, २ र ९ – प्रति वडा ३० लाख
वडा नं ४, ७ र ८ -प्रति वडा ३५ लाख
वडा नं ३, ५ र ६ -प्रति वडा ४० लाख
गरि रु रु. ३ करोड १५ लाख छुट्टयाईएको छ ।
२१. युवा तथा खेलकुद कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्य खेलकुदका कार्यक्रमको विकास र युवा परिचालनको लागि वडा स्तरीय अध्यक्ष कप संचालन गर्न अध्यक्ष
गठन गरी खेल क्षेत्रको प्रवर्द्धन गर्न रु. ९ लाख ५० हजार रकम विनियोजन गरेको छु |
२२. कृषि तथा पशु,विज्ञान प्रविधि सम्बन्धी प्राविधिक शिक्षा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विधार्थीहरुको लागि पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गर्नका लागि रु. ६ लाख रकम विनियोजन
गरेको छु |
३. गृहणी महिलाहरुसँग अध्यक्ष कार्यक्रमको लागि बजेटको व्यवस्था गरेको छु ।
२४. वन तथा वातावरण संरक्षण, वृक्षारोपन कार्यक्रमको लागि रकम विनियोजन गरेको छु ।
२५. किसानहरुको रसायनिक मलको ढुवानीको लागि रु. १० लाख बजेट विनियोजन गरेको छु ।
२६. राजनीतिक व्यवस्था परिवर्तनका लागि सहिद तथा वेपत्ताहरुको योगदान सदा नै स्मरणीय छ । सहिद तथा वेपत्ता परिवारको सम्मानको लागि रु १३ लाख विनियोजा गरेको छु ।
आदरणीय गाउँ सभाका अध्यक्षज्यू
सभाका सदस्यज्यू हरु
अब म चौंरीदेउराली गाउँपालिकाको २०७९।०८० को प्रगति र आगामी आ.व. को अनुमान सहित आगामी आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कुल बजेट विनियोजन र आम्दानीका स्रोत अनुमानको संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।
चालु आ.व. २०७९।०८० को हालसम्म चालु तर्फ करिव ६७.९१ प्रतिशत र पूँजिगत तर्फ करीव ४७.९६ प्रतिशत बजेट खर्च भएको छ।
त्यस्तै आगामी आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु. ५७ करोड ३७ लाख २३ हजार मात्र खर्च हुने अनुमान गरेको छु।
कुल विनियोजन मध्ये संघ र प्रदेश तर्फको सशर्त कार्यक्रम बाहेक चालु तर्फ रु. १३ करोड ६८ लाख ६७ हजार रहेको छ ।
आगामी आ.व. को चौंरीदेउराली गाउँपालिकाको आर्थिक ऐन २०८० यसै साथ संलग्न अनुसूची बमोजिम पेश गरेको छु।
आगामी आ.व.को व्यय अनुमानको शीर्षकगत खर्च विवरण गाउँपालिकाको विनियोजन विधेयक २०८० संगै पेश गरेको छु।
आगामी आ.व. २०८०।०८१ का लागि अनुमान गरिएको बजेट विनियोजनको देहायका शीर्षकबाट श्रोत अनुमान प्रस्तु गर्न चाहान्छु।
अनुमानित आय विवरण
-
नेपाल सरकारबाट समानीकरण तर्फ रु. ८ करोड ८० लाख मात्र
-
नेपाल सरकार बाट सशर्त तर्फ रु. २८ करोड ७२ लाख मात्र
-
नेपाल सरकार समपुरक अनुदान तर्फ रु. ५० लाख मात्र)
-
नेपाल सरकार राजश्व बाँडफाड तर्फ रु. ८ करोड १ लाख ९० हजार मात्र
-
बागमती प्रदेश सरकार समानीकरण तर्फ रु. ८२ लाख १२ हजार मात्र
-
बागमती प्रदेश सरकार बाट सशर्त तर्फ रु. २ करोड ३१ लाख ८६ हजार मात्र
-
बागमती प्रदेश सरकार बिशेष अनुदान तर्फ रु. ७० लाख मात्र
-
बागमती प्रदेश सरकार समपुरक अनुदान तर्फ रु. १ करोड मात्र
-
बागमती प्रदेश सरकार राजश्व बाँडफाड तर्फ रु. २ करोड ४१ लाख ८० हजार मात्र
-
राजश्व बाडँफाड स्थानीय तर्फ रु. १० लाख मात्र
-
आन्तरिक श्रोत ( राजश्व ) रु. ९५ लाख मात्र
-
चालु आ.व. को मौज्दात तर्फ रु. ३ करोड १ लाख ५५ हजार मात्र
-
गरी कुल जम्मा ५७ करोड ३७ लाख २३ हजारको आय अनुमान गरेको छु।
अनुमानित व्यय तर्फको विवरण
-
आर्थिक विकास अन्तर्गत कृषि विकास तर्फ रु.५२ लाख ३० हजार मात्र, पशु विकास तर्फ
रु. ३९ लाख मात्र, पर्यटन तर्फ रु. २२ लाख मात्र, सहकारी तर्फ रु. १० लाख र जलस्रोत तथा सिंचाई तर्फ रु. ३७ लाख ५० हजार मात्र जम्मा गरी कुल रु.१ करोड ६० लाख ८० हजार मात्र विनियोजन गरेको छु।
-
सामाजिक विकास अन्तर्गत शिक्षा विकास तर्फ रु. १ करोड २४ लाख ३० हजार मात्र, स्वास्थ्य तर्फ रु.९८ लाख ७ हजार मात्र, खानेपानी तथा सरसफाई तर्फ रु.६७ लाख मात्र, संस्कृति प्रवर्धन तर्फ रु.९७ लाख ५० हजार मात्र, खेलकुद मनोरञ्जन तर्फ रु. ९ लाख ५० हजार मात्र र लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ रु.३९ लाख ५० हजार मात्र गरी कुल जम्मा रु. ४ करोड ३८ लाख ८७ हजार मात्र विनियोजन गरेको छु।
-
पुर्वाधार विकास अन्तर्गत यातायात पुर्वाधार तर्फ रु. १ करोड २० लाख मात्र, भवन तथा सहरी विकास तर्फ रु. २ करोड ९० लाख मात्र, उर्जा,लघु तथा साना जलविद्युत(बैकल्पीक उर्जा समेत) तर्फ रु. १३ लाख मात्र, सूचना तथा सञ्चार प्रविधि तर्फ रु. १० लाख ५० हजार मात्र र श्रम तथा रोजगार तर्फ रु. ३ लाख ५० हजार मात्र गरि कुल जम्मा रु. ४ करोड ४ करोड ३७ लाख मात्र विनियोजन गरेको छु।
-
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र अन्तर्गत वन तथा भू-संरक्षण तर्फ रु.२ लाख मात्र,
-
विपद् व्यवस्थापन तर्फ रु. १४ लाख मात्र, सुशासन प्रवद्वन रु. ३३ लाख मात्र गरी कुल जम्मा रु. ४६ लाख मात्र विनियोजन गरेको छु ।
आदरणीय गाउँ सभा अध्यक्ष ज्यू, सभाका सदस्य ज्यूहरु
२७. आर्थिकवर्ष २०८०।०८१ को बजेटले वार्षिक नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्रभावकारी हुने बिश्वास गरेको छु । यस बजेटले गाउँबासी जनसमुदाय, विकास साँझेदार, निजि क्षेत्र, सहकारी र समुदायमा आधारित संस्थाहरुको अपेक्षा पूरा गर्ने बिश्वास लिएको छु । बजेटको प्रभावकारी कार्यान्वयनको लागि सहयोग गर्न सम्पूर्ण गाउँबासी र सरोकारवालाहरु मा हार्दिक अनुरोध गर्दछु ।
२८. आर्थिक वर्ष २०८०।०८१ को बजेट तयारीको लागि खटिने सम्पूर्ण जनप्रतिनिधिहरु, गाउँपालिकामा कार्यरत कर्मचारीहरु साथै यस कार्यमा रचनात्मक सहयोग गर्ने राजनीतिक दल, विकास साँझेदार, गैरसरकारी संस्था, संचारकर्मी, उद्यमी व्यवसायी, वुद्धिजिवि, किसान, महिला तथा विभिन्न पेशामा संलग्न शुभेच्छुकहरु लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यवाद !
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























