चौंरीदेउराली– काभ्रे जिल्लाके चौंरीदेउराली गाउँपालिका वडा नं ३ मा रहेको श्री कल्याणकारी सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवारका दिन चौंरीदेउराली गाउँपालिका वडा नं ३ स्थित केदारेश्वर मच्छेनारायण सिद्धिविनायक मन्दिरको प्रांगणमा साभारसभा सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष लक्ष्मण गौतमको सभापतित्वमा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा, सामुदायिक साकोसका सिइयो, कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष मदन बस्नेत, नेसनल कोप सलुसनका म्यानेजिङ डाइरेक्टर बिबेकराज ठकुरी, चौरीदेउराली गापा सहकारी समन्वय समितिका संयोजक तथा वडा नं ३ का वडाध्यक्ष चित्र प्रसाद चौलागाईं ज्युहरुको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
संस्था आर्थिक रुपमा बलियो भए सँगै सदस्य र समुदाय लक्षित राहतका कार्यक्रमहरु जस्तै, सुत्केरी आहार, दुर्घटना उपचार, प्राकृतिक तथा दुर्घटना देहावसान राहत, प्राकृतिक बिपत्तिमा राहत तथा आपतकालीन सहुलिएत ऋण सुविधा मात्र नभई हरेक वर्ष आफ्नो कार्यक्षेत्र भित्र रहेका विपन्न तर जेहेन्दार बिध्यार्थिहरुलाई कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक सबै सुविधा उपलब्ध गराउने कार्यक्रम रहेको अध्यक्ष गौतमले आफ्नो प्रतिवेदन मार्फत जानकारी गराएका छन् ।
देशको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा समेत सहकारी आफ्नो सदस्यसँग जोडिएर खराब ऋणलाइ घटाउदै उल्लेख्य नाफा आर्जन गरि १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनुको साथै मुनाफामा योगदान गरेबापत सदस्यलाई संरक्षित पुँजीफिर्ताकोषबाट रु १५ लाख रुपैया वितरण गर्ने प्रस्ताव समेत सर्व सम्मत अनुमोदन भएको छ l
कार्यक्रमका बिच जेष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, ऋणी सदस्य, उत्कृष्ट बिध्यार्थि साथै एम्बुलेन्स खरिद अभियानमा नेतृत्व गर्नुहुने परिवर्तित युवा क्लबका अध्यक्ष कमल चौलागाई सरगमको साथै जिल्ला सहकारी संघ काभ्रेलाई देशभरीका सहकारी संघ मध्येमा उत्कृष्ट बनाउन नेतृत्व गर्नुहुने सहकारी अभियानकर्मी जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष शर्मा सम्मा गरेको थियो ।
सभामा वडा नं ३ का अध्यक्ष श्री चित्र प्रसाद चौलागाईले संस्थाले अघि बढाएका कृषिका योजनाहरु, बहुउद्धेश्यीय कार्यहरुको लागि तयारी स्वरूप निर्माण गर्न लागेको भवन र बृहत सदस्य हितका कार्यहरु प्रति हार्दिक धन्यबाद ब्यक्त गरे l
सँस्थाको वार्षिक साधारण सभाको उपलक्ष्यमा शेयर सदस्य रमेश गौतमले आफ्नो स्व.पिता दिल बहादुर गौतमको सम्झनामा मन्दिरमा भजन किर्तनको लागि साउण्ड सिस्टम उपलब्ध गराउनुको साथै सँस्थाका सल्लाहकार गोपाल प्रसाद चौलागाईले श्री बुद्ध हिमालय मा विको शैक्षिक विकासको लागि सपरिवारको तर्फबाट रु ५१ हजार १ सय नगद बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष भोज बहादुर गौतमलाई हस्तान्तरण गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























