काठमाडौ ।युवा गायक तथा संगीतकार प्रतीक मोक्तान र नव मोडल प्रतिमा सिङ्तानले अभिनय गरेको “तिङ्ला ढोई”म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल तामाङ राष्ट्रिय कलाकार मञ्जको अध्यक्ष अमृत लामाको प्रमुख आतिथ्यतामा बाैद्व पिपलबोट गाउँले ढिटोमा पत्रकार सम्मेलन गरि उक्त म्युजिक भिडियोलाई बजारमा ल्याएको हो।

तामाङ गीत सांगीतिक आकाशमा अर्को फेरि नयाँ प्रेमगीत थापेको छ। गोर्खा घिसिङको शब्द, प्रतीक मोक्तानको संगीत रहेको गीतमा गायक प्रतीक मोक्तान , जितु लोप्चन सुमधुर आवाज रहेका छन् ।

उक्त म्युजिक भिडियोलाई मिस्टर काजीले निर्देशन गरेको हो।छायांकन, कलर र इडिट त्रिलोक लामा ,ड्र‍ोन क्याप्टेनमा रोनिस तामाङले भुमिका निर्वाह गरेम छन् ।

यस म्युजिक भिडियो रेशम लामा, बसन्ती बम्जन र बालकलाकारमा ईन्जो मोक्तान रहेका छन् ।
अडियोको एरेञ्ज मिक्सिङ गायक तथा संगीतकार सानुबाबु घिसिङले गरेको हो।

म्युजिक भिडियो सार्वजनिक तथा पत्रकार सम्मेलनमा विशेष अतिथिमा वरिष्ठ गायक संगीतकार सुसन लामा, अतिथिहरुमा पहिलो तामाङ ,र्यापार उतर लामा,गायक तथा संगीतकार सानू बाबू घिसिङ, गायक हर्क दोङ हास्य कलाकार कुईसाङ रुम्बा गायक च्वायस दोङ,तामाङ पत्रकार संघ भक्तपुरका सचिव नमोबुद्व न्युजको पत्रकार छेडुप लामा,गायक विहिन दोङ,समाजसेवी रमेश लामा,युवा नेता अजय लामा समाजसेवी बम बहादुर घिसिङ र गायक बुद्व लामा लगायतका अतिथिहरु उपस्थिति रहेका थिए

उक्त म्युजिक भिडियोलाई “Ni प्रोडक्शान हाउसको अफिसियल युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको हो।

भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।