काठमाडौं। तामाङ चलचित्र संघको समन्वयमा संकलित सहयोग रकम लिएर अध्यक्ष तथा चर्चित नायक कुमार मोक्तान कलाकार पुर्णिमा थोकरकी निवास शनिबार पुगेको छ।

धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा ३,चिमचोक आमा धनमाया तामाङ बुवा दिलबहादुर तामाङ कोखबाट जन्मिएकी वर्ष २३ की तामाङ कला जगतकी चर्चित कलाकार पुर्णिमा थोकर करिब नाै महिना अगाडि हृदयाघात भएर ढलेकी थिइन् ।

तामाङ चलचित्र संघको समन्वयमा देश तथा विदेशबाट संकलित आर्थिक रु ३,०४,४१६ रुपैयाँ मोडल पुर्णिामा थोकरकी आमा धनमाया तामाङलाई संघका अध्यक्ष कुमार मोक्तानले उक्त सहयोग हस्तान्तरण गरिएको हो।

हामीले हाम्रो समाज र समुदायमा एकअर्कालाई साथ दिनुपर्छ,तपाईं हाम्रो सानोतिनो सहयोगबाट यदि कसैको जीवन बचाउन सकिन्छ भने सकेको साथ निरन्तर गर्नुपर्ने  अध्यक्ष कुमार मोक्तानले बताउनु भयो ।

थोकरलाई विभिन्न देशहरू बाट प्राप्त आर्थिक सहयोगहरु अमेरिकाबाट दोस्रो नेपाल तारा सन्तोष लामाद्वारा संकलित रकम रु १,७०,८२४ रुपैयाँ ,जापानबाट एल वी तामाङ जापान तामाङ समाजको पुर्व अध्यक्ष रुपिना दोङ र सुस्मा वाइबाबाट संकलन रकम रु. १,२१,५९२ कोरियाबाट छेटुप मोक्तान ५००० रुपैयाँ साथै नाम नखुल्ने सर्तमा रु.७००० गरि रु,३,०४,४१६ रुपैयाँ सहयोग हस्तान्तरण गरिएका छन् ।

यो मानवको जिन्दगी हो।कुन बेला के हुन्छ त्यो कसैलाई थाहा हुदैन ।त्यस्तै तामाङ म्युजिक भिडियोमा मोड्लिङ क्षेत्रमा उदयकी मोडल पुर्णिामा थोकर २०८९ साल माघ १ गते अचानक बेहोस भई हृखयघात भएकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार हृदयाघातका कारण थालिकी पुर्णिमाकी फेरि मुटुमा समस्या भएको बताएको छ।

यसैगरी पीडित पुर्णिमा थोकरलाई तामाङ चलचित्र संघको समन्वयाबाट संस्थाका सदस्यहरु र नायिका रञ्जिता ब्लोनकी समन्वयमा दुबईबाट समाजसेवी पासाङ शेर्पाद्वारा रु २५,०००रुपैयाँ, नर्वेबाट समाजसेवी अजय लामाबाट २०,००० रुपैयाँ,सहित तामाङ चलचित्र संघको सदस्यहरु बाट संकलित एकमुष्ट रु,१,७१०० रुपैयाँ  पहिलेे नै हस्पिटल पगेर हस्तान्तरण गरिसकेको अध्यक्ष कुमार मोक्तानले जानकारी दिनुभएको छ।

अध्यक्ष कुमार मोक्तानले पुर्णिमा थोकरकी यथाशीघ्र स्वास्थ्य लाभको कामना सहित विभिन्न देशहरुबाट आर्थिक सहयोग गर्नुहुने समाजसेवी,सहयोगी मनका धनी, संघसंस्थाहरुलाई विशेष धन्यवाद समेत व्यक्त गरिएको छ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला