बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले दुग्ध उत्पादक कृषकहरुलाई दुध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले क्यान वितरण गरिएको छ । सोमबार बेथानचोक गाउँपालिका वडा नं. ३ का १ सय ५० जना कृषकहरुलाई क्यान वितरण गरिएको हो ।
किसानहरुलाई क्यान वितरण गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाका वडैपिच्छे किसान लक्षित गतिविधि सञ्चालन गरिएको बताउँदै वडाको वmृषि तथा पशुपालक किसान लक्षित कार्यक्रमको निरन्तरता स्वरुप क्यान वितरण गरिएको बताए । किसानका लागि क्यान वितरण कार्यक्रमसँगै पशुआहरका गतिविधि सञ्चलन गर्न वडालाई आग्रह समेत गरे । वडा नं. ३ दुग्ध उत्पादनसँगै डेरीको पनि हब बन्दै गइरहेकोले किसान प्रोत्साहन हुने गरी काम गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।
सहुलियत दरमा कृषि कर्जा, कृषि बीमा, बजारीकरणका अवधारणा बन्दै गएको भन्दै उनले ‘किसानले किसान हुँ’ भनी गर्व गर्ने खालका कामहरु गर्दै जाने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले कृषि उत्पादनको सदुपयोग गरी औद्योगिक विकास, नयाँ नयाँ प्राविधि जोड्दै कृषि उत्पादनका लागि कच्चा पदार्थहरू मल, बीउ, औषधि, प्रविधि र प्राविधिक सेवामा गाउँपालिकाले ध्यान दिदै जाने बताउए । उनले बेथानचोकको हावापानी कृषिका लागि राम्रा भएकोले कृषिबाटै समृद्धि खोज्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा वार्ड न ३ का वार्ड अध्यक्ष एवं कार्यक्रमका सभापति कुबेर ढकालले कृषिलाई अन्तिम विकल्प ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र कृषि कर्ममै सम्भावना छ भन्ने सन्देश दिन किसानहरुलाई क्यान वितरण गरिएको बताए । उनले कृषि क्षेत्रमा आकर्षण बढाउन र निम्न आय भएका किसानको जीवनस्तर माथि उकास्ने हेतुले किसानमुखी कार्यक्रमको नीति बनाउँदै जाने भन्दै वडाको भू–भाग उच्च भएकोले जुम्लाको मार्सी धान र जुम्ली स्याउ उत्पादन गर्न परीक्षण गरी उत्पादन गर्न प्रयत्न गरिने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























