काठमाडौं । रसुवा,धादिङ र नुवाकोट जिल्लामा बसोबास गर्ने तामाङहरुको गीत संगीतमा छुट्टै पहिचान र संस्कृतिक सभ्यता बोकेको म्हेन्दोमाया कलाकार संघको
ऐतिहासिक आठौ बार्षिक साधारण सभा,तेस्रो अधिवेशनबाट आरम्भ तामाङ अध्यक्षमा चुनिएको छ।

बागमती प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्री माननीय बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा शनिबार,काठमाडौं,सामाखुशीस्थित क्वालिटी क्याफेमा सम्पन्न आठौ बार्षिक साधारण सभा,तेस्रो अधिवेशनबाट १७ पदाधिकारीहरु निर्वाचित भएका छन् ।

अध्यक्ष आरम्भ तामाङ,उपाध्यक्ष रुपादेबी घले महासचिव,कृति तामाङ,सचिव,शिशिर थोकर,कोषाध्यक्ष मानबहादुर गुरुङ रहेको छ भने सदस्यहरुमा फुलमाया तामाङ,ममता गुरुङ,लक्ष्मी स्याङ्तान,शान्ती मम्बा,एरिन तामाङ,लोकेन्द्र तामाङ,सिता लामा,सञ्चू लामा,सञ्चू थोकर ,ऋतू लामा ,राजू खडका र सन्दिप स्यामचेन गरि १७ कार्यसमिति निर्वाचित भएको हो।

इतिहासले आफ्नो नेतृत्वमा म्हेन्दोमाया कलाकार संघ सुम्पिएको छ। मलाई सुम्पेको जिम्मेवारीलाई ईमानदारी पुर्वक संघलाई सकारात्मक सोच र नयाँ ढंगले म्हेन्दोमाया गीत र संगीतलाई अगाडि बढाउने प्रतिबद्धता अध्यक्ष आरम्भ तामाङले गरेका छन् ।

संघले उक्त कार्यक्रममा म्हन्दोमाया गीत सांगीतिक क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरेका थिए।

विशेष अतिथि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका पुर्व राज्य मन्त्री दिलमान पाख्रिन,संस्कृति पर्यटन नागरिक उडान पुर्व राज्य मन्त्री पर्शुराम तामाङ,तामाङ ढजाङको अध्यक्ष तथा गायक फूलकुमार बम्जन,गायक लेक योन्जन ,अन्य कलाकार समाजसेवीहरु लगायत विभिन्न संघ,संस्थाका अतिथिहरुको उपस्थिति रहेका थिए भने कार्यक्रम वाङचु पासाङ (रामगोम्जा)को सभापतित्वमा सम्पन्न भएको थियोे ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला