कास्की । खोज मिडियाको आयोजनामा तामाङ जातिहरुको मौलिक पर्व म्हेनिङ को सन्दर्भमा म्हेनिङ परिचर्चा कार्यक्रम आइतबार कास्की जिल्लाको पोखरामा सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको सहयोग एवंम रक्षा योञ्जनको मुख्य प्रायोजकमा पोखरा पाल्पा हाउस रानीमहल रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजेको समयमा सुरु भएको कार्यक्रम बेलुकी ५ बजे सम्पन्न भएको हो ।

तामाङ समुदायहरु् आफ्नै संस्कार र संस्कृति छन् । परम्परागत मान्यता थुप्रै चाडपर्वहरु छन् ती मध्येका पर्व म्हेनिङको बिशेषता बारे “म्हेनिङ विषयक परिचर्चा” कार्यक्रमको प्रमुख विचार प्रस्तोता कवि, लेखक, साहित्यकार, पत्रकार, विचारक, अनुसन्धानकर्ता खोजराज गोलेले स्पष्टता पारिएको थिए।

उक्त म्हेनिङ कार्यक्रममा पोखरा भित्रका तामाङ समुदायका महानुभाव एवंम विभिन्न तामाङ संघ संस्थाका पदाधिकारीहरुको बाग्लो उपस्थिति रहेको थियो । म्हेनिङको विषयमा प्रमुख प्रस्तोताले म्हेनिङ विचार प्रस्तुत गरिसकेपछि अन्य उपस्थित महानुभावहरुले सम्बन्धित विषय प्रति धेरै प्रश्नहरु उठेका थिए । जुन प्रश्न समुदायको लागि म्हेनिङ बारे प्रस्ट हुन अझै सहज भएका थिए ।

तामङ जातिहरुले बिगतमा पनि मनाउँदै आएको मौलिक म्हेनिङ्ग पर्वलाई दशैँले ढाकेको भन्ने आकलन गर्न सकिन्छ । किनभने बिगतमा चैत महिनामा मानिने बडा दशैँ अहिले असोजको महिनामा गाबेर त्यही पर्वलाई दशैं भन्ने गरेको पाईन्छ ।

अबको दिनमा तामाङ समुदायले म्हेनिङ पर्वलाई बुज्नु पर्ने र आफ्नो संस्कार,संस्कृति,परम्परा के हो?कसरि लोभ भयो? अब कसरि किन सुरुवात गर्ने भन्ने विषयमा प्रमुख विचार प्रस्तोता र सहभागिताहरु विच प्रश्न उत्तर भएको थियो । उक्त प्रश्न उत्तरले पनि यस विषयमा अझै प्रष्ट भएको बताएका थिए ।
कार्यक्रमको टिप्पणी भने आशा अभियन्ता, लोकोत्तर लोकवादी धनप्रसाद दुम्जनले गरेका थिए ।

उक्त कार्यक्रमको स्वागत मन्तव्य नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका कोष अध्यक्ष जसपाल पाख्रिनले राखेका हुन् । त्यस्तै धन्यवाद ज्ञापन ने.ता.घे. कास्की जिल्ला इन्चार्च सुन्दर थोकरले दिएका थिए ।

उक्त कार्यक्रमको मुख्य प्रायोजक बुद्धिस्ट कम्युनिटी बेलायतका उपाध्यक्ष, समाजसेवी, दानवीर, बुद्ध धर्म प्रति आस्थावान, सिदिङ गाउँको योञ्जन खलक समितिका संस्थापक रक्षा योन्जन रहेका छन् । अन्य सहयोगीहरु नेपाल तामाङ घेदुङ रिठ्ठेपानी ईकाई समितिका अध्यक्ष सुक्र थोकर,ने.ता.घे. पोखरा महानगर समितिका अध्यक्ष राम बहादुर ब्लोन, ने.ता.घे. पोखरा महानगर समितिका कोषध्यक्ष जसपाल पाख्रिन,मिन बहादुर पाख्रिन,आशा तामाङ, दिल कुमार श्रेष्ठ,ने.ता.घे.कास्की जिल्ला इन्चार्च सुन्दर थोकर, सितामान घिसिङ ले आर्थिक सहयोग गरेका छन् ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष राम बहादुर ब्लोन(सिबु) तामाङ रहेकोे थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।