भक्तपुर । कालिका लामाको दोस्रो सांगीतिक प्रस्तुति युवा व्यवसायी चुन्डुइ तामाङ ङ्यसुर निर्माणमा
नेपाली सांगीतिक आकाशमा नयाँ प्रेमगीत “तिम्रो मेरो कथा एउटै”गीतको म्युजिक भिडियो दुईदिन सम्म छायांकन गरेर सकिएको छ।

मायाप्रेममा आधारित नेपाली प्रेमगीत “तिम्रो मेरो कथा एउटै” भन्ने गीतको बोल हो। यस् गीतले साँच्चिकै मायाप्रेम गर्नेहरुका लागि एउटा मायाका सन्देश दिने गीत रहेको भिडियो निर्माणकर्ताले बताएको छ।

गीतकार ज्ञानदास दोङको रचनामा तामाङ कलाकार संघको निवर्तमान अध्यक्ष, चर्चित गायक तथा संगीतकार
विश्व दोङ संगीतमा रहेको गीतमा संगीतकारद्वय विश्व दोङ र गायिका सुमिना लो को आवाज रहेका छन् ।

निर्देशक अजय स्याङतानले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडल लाक्पा लामा र अम्बिका तामाङले सशक्त अभिनय गरेको छ।

भिडियो छायांकन र ड्रोन क्याप्टेनमा विक्रम मोक्तानले भुमिका निर्वाह गरेको म्युजिक भिडियो भक्तपुरक‍ो रानीकोट, काठमाडौं बाैद्व र गोकर्णमा छायांकन सम्पन्न गरिएको हो।

यस छायांकन सम्पन्न म्युजिक भिडियो चाडैं बजारमा ल्याउन तयारी गरिने भिडियो निर्माण पक्षले बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।