चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा अन्तर विद्यालय स्तरीय विद्यार्थी प्रतिभा पहिचान प्रतियोगिता–२०८० हुने भएको छ ।
गाउँपालकाको आयोजनामा आगामी असोज २६ गते सो प्रतियोगिता हुन लागेको हो ।
‘प्रतिभा नभएर कमजोर भइँदैन, भएको प्रतिभा नदेखाएर कमजोर भइन्छ’ भन्ने मूल नाराका साथ हुन लागेको सो प्रतियोगिता चौंरीदेउराली गाउँपालिका वडा नं. ५ मा रहेको जागृति माध्यमिक विद्यालयमा हुने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न विद्यालयहरुबा सहभागी हुने बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























