काठमाडौं । नेपाली सांगीतिक दुनियाँमा उदयकी गायिका पुर्णिमा मोक्तानकी प्रेमगीत “माया के हो”बोलको म्युजिक भिडियोले यतिखेर नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै छ।
दुई हप्ता अगाडि मात्र गायिका पुर्णिमा मोक्तानकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतलाई यो समाचार तयार गरेसम्म १० लाखभन्दा बढी दर्शनहरुले हेरिसकेका छन् ।
संगीतकार विज्ञान स्याङबोको शब्द,संगीत रहेको उक्त गीतमा गायिका पुर्णिमा मोक्तानकी सुमधुर आवाज रहेकी छिन् ।
“माया के हो” गीतको निर्देशक निर्मल कुमार लामाले निर्देशन गरेको म्युजिक भिडियोमा कुन्साङ बम्जन र दिपा शाहीले मुख्य अभिनय रहेको छ।भने टिकटकबाट निकै चर्चित गंगा जमुना लिम्बूले साथ दिएकी छिन्
भिडियोको सम्पादक र कलर पवन सुस्लिङ
भने अडियोको एरेञ्ज शैलेन्द्र प्रधान (बाबु)मिक्सिङ बुद्ध स्याङबोले गरेका हुन् ।
भिडियो हेर्नुस्

























