काठमाडौं । सेलो गीत संगीत जगतकी चर्चित गायिका इन्दिरा योञ्जनकी सुमधुर आवाजमा सजिएको “बसन्तले गीतको म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ।
बसन्तले छोयो जस्तो जोवनलाई कता कता भन्ने गीतको
म्युजिक भिडियोमा युवा मोडल मिलन थिङ (पाराङ) र रेनुका लामाले अभिनय मुख्य अभिनय रहेका छन् ।
गोविन्द गिरीको शब्द, वरिष्ठ गायक चन्द्रकुमार दोङले संगीत संयोजन गरिएको हो।वरिष्ठ एरेञ्जर पवन वाङ लामाको मुख्य एरेञ्ज गरेका गीत सहायक एरेञ्जमा अर्पण तामाङ थिङले भुमिका निर्वाह गरेको छ।
भक्त स्याङतनले निर्देशन रहेको म्युजिक भिडियोको छायांकन र ड्रोन क्याप्टेन, भिडियो सम्पादन र कलर सुर्य लामाले गरेका हुन् ।
यस म्युजिक भिडियोलाई गायिका इन्दिरा योञ्जन स्वयम् कै अफिसियल युट्युब च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ।
भिडियो हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।