काठमाडौं । गायक सुशील तितुङको “नमो बुद्वया नमो धर्मया नमो संघया”बुद्ध भजन बजारमा सार्वजनिक भएको छ।

करिब दुईदशक भन्दा अगाडिदेखि निरन्तर गीत संगीत क्षेत्रमा लागिरहेको लोकप्रिय गायक तथा संगीतकार सुसन लामाको शब्द, संगीतमा तयार पारिएको गीतमा सांगीतिक क्षेत्रमा उदयको गायक सुशील तितुङ लामाले आवाज भरिएको छ।

भजन भिडियोको निर्देशन सुमन तितुङ लामा, र सुवास तितुङ तामाङले गरेको भिडियोमा गायकद्वय आफैले अभिनय गरेका छन् ।

संसार भरिका सबै प्राणी जगतको भलो चाहनु
सबैलाई सम्मान ब्यवहार, हत्या हिंसा अरुलाई नराम्रो र कुभलो,कुदृष्टिले कहिले नसोच्नु बुद्ध धर्मावलम्बीहरुका लागि साच्चिकै सन्देश प्रवाह गरेका छन् ।

छायांकन इडिट र कलर नीर कुमार मोक्तान,ड्रोन क्याप्टेन कृष्ण ब्लोन रहेको छ। यस अडियो गीतको एरेञ्ज नोर्वु शेर्पाले गरेको हो भने मिक्सिङ दिपेस प्रधानले रहेको छ।

संसार भरिका सबै प्राणी जगतको भलो चाहनु
सबैलाई सम्मान ब्यबहार साथै हत्या हिंसा अरुलाई नराम्रो र कुभलो कहिले नसोच्न हुदैन भन्ने एउटा समाजिक सन्देश प्रवाह गरेका छन् ।

यस “नमो बुद्वया नमो धर्मया नमो संघया”भजनलाई डम्फू मिडिया हाउसको अफिसियल च्यानलबाट सार्वजनिक गरेको छ।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।