चाैंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा अन्तर विद्यालय स्तरीय विद्यार्थी पहिचान–२०८० कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष चौंलागाईंले मंसिर भित्र अध्यक्ष कप प्रतियोगिता, राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र प्रतिभा पहिचान कार्यक्रम सप्पन्न गर्नुपर्ने भएकोले आफूहरुले समयमै यस्तो कार्यक्रमहरु सम्पन्न गर्ने बताए । पठानपाठनलाई मात्र प्राथमिकता दिंदा विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन नहुने बताउँदै प्रतिस्पर्धा मार्फत उत्कृष्ट प्रतिभा बाहिर आउने बताए ।
‘भाइबहिनीहरुले कला, गला र प्रतिभा देखाइरहनु भएको छ । सबैको एउटै खालको कला प्रतिभा नहुन सक्छ । सबैको आ–आफ्नो खालको प्रतिभा हुन्छ ।’ उनले भने, ‘सबै विद्यालयले शसक्त बनाएर ल्याउनु भएकोमा धन्यवाद । कितावी ज्ञानले मात्र पुग्दैन । यस्तो कार्यक्रमहरुमा भाग लिनु नै मुख्य र ठूलो कुरा हो । प्रतिस्पर्धा नगरी हामी अघि बढ्न सक्दैनौ । सब क्षेत्रमा प्रतिस्पर्धा हुन्छ । यो अवसर सबैलाई जुटाएका छौ ।’
कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ७ को वडा अध्यक्ष चन्द्रराज तामाङले गरेका थिए भने कार्यक्रमको सभापतित्व वडा नम्वर ५ का अध्यक्ष कृष्ण प्रसाद गौतम गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, वडा नम्वर ९ का अध्यक्ष राम वहादुर लामा विभिन्न विद्यालयका प्रधानाध्यपकहरु, विभिन्न शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।
यस्तो छ प्रतिभा पहिचान
अन्तर विद्यालय स्तरीय विद्यार्थी प्रतिभा पहिचान–२०८० कार्यक्रममा गायन नृत्य चित्रकला र स्वत्रन्त लेखन गरि ४ विधामा प्रतिस्पर्धा भएको थियो । २७ वटा विद्यालयवाट नृत्यमा १८, गायनमा ११, चित्रकलामा २७ र स्वत्रन्त्र लेखनमा १३ वटा विद्यालय सहभागी भएको थियो ।
जस अनुसार नृत्य तर्फ प्रथम श्री सिर्जनशिल जनता माध्यमिक विद्यालय, द्धितीय श्री प्रभा माध्यमिक विद्यालय र तृतीय श्री सुर्योदय माध्यमिक विद्यालय भएको थियो । गायनमा प्रथम श्री प्रभा माध्यमिक विद्यालयको छात्रा रेजिना चौंलागाई, द्धितीय ग्राम विकास माध्यमिक विद्यालयको छात्रा रेश्मा लामा र तृतीय श्री महादेव प्राथमिक विद्यालयको छात्रा युनिका कोईराला भएकी थिईन् ।
यसैबीच चित्रकला छात्रामा प्रथम प्रभा माध्यमिक विद्यालका सिर्जना तोलामी द्वितीय भुमेस्थान माध्यमिक विद्यालयका खुसी तामाङ र तृतीयमा खाँडादेवी माध्यमिक विद्यालयका दुर्गी थापा र महादेव प्राथमिक विद्यालयवाट सुजता मुगराती भएका थिए ।
चित्रकला छात्र तर्फ प्रथम श्री प्रभा माध्यमिक विद्यालयका सिर्जन गौतम, द्वितीय सुर्योदय माध्यमिक विद्यालयका प्रदिप तामाङ र तृतीयमा बालकल्याण प्राथमिक विद्यालयका आयुष परियार भएका थिए ।
स्वत्रन्त्र लेखनमा प्रथम श्री सुनकोशी आधारभुत विद्यालयका दोर्जे तामाङ द्वितीय प्रभा माध्यमिक विद्यालयका कुशल गौतम र श्री सिर्जनशिल जनता माध्यमिक विद्यालयका शिलशिला लामा र तृतीयमा देउराली माध्यमिक विद्यालयका सलिना घतानी भएका थिए ।
उत्कृष्ट विद्यार्थीहरुलाई प्रमुख अतिथी र अतिथीवाट नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।