काठमाडौं । तामाङ चलचित्र संघ बागमती प्रदेशद्वारा आयोजित प्रथम वार्षिक साधारणसभा तामाङ स्रष्टा
सम्मान र साँस्कृतिक कार्यक्रम आइतबार नेपाल चलचित्र विकास बोर्ड चाबहिलको हलमा सम्पन्न भएको छ।
प्रतिनिधिसभा सदस्य एवम् पुर्व उर्जाराज्य मन्त्री सुर्यमान दोङको प्रमुख आतिथ्यमा तामाङ चलचित्रकर्मी पत्रकार साथै तामाङ समुदायका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई विधागत सम्मान गरिएका थिए।
कार्यक्रमबाट सम्मानित हुने पहिलो तामाङ गायक चन्द्रकुमार मोक्तान, वरिष्ठ गायक यम बराल,तामाङ महानायक अमिर दोङ, तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन,पहिलो तामाङ र्यापार उतर लामा, चर्चित गीतकार कुमार स्याङ्बा, चर्चित गायिका जितु लोप्चन, संगीतकार जोगलाल लामा पत्रकार सुदिन दोङ लगायत २४ विधामा सम्मानित भएका थिए।
कार्यक्रमबाट ८५ जना सम्मान कलाकारहरुलाई कदर पत्र द्वारा सम्मान गरेको छ भने ७० जना नव कलाकारहरुलाई प्रोत्साहन स्वरुप मायाको चिनो द्वारा सम्मान गरेको हो।
विशिष्ट अतिथि लिसंखु पाखर गाउँ पालिका अध्यक्ष राजु लामा विशेष अतिथि पुर्ब पर्यटन राज्य मन्त्री पर्शुराम तामाङ विशेष अतिथि पुर्ब पर्यटन मन्त्री सुशील मान सेर्चन,बरिस्ठ संगीतकार तथा अतिरिक्त महानिरीक्षक टेक तामाङ, बरिस्ठ संगीतकार चन्द्र कुमार मोक्तान, राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय अध्यक्ष बिक्रम जङ्ग शाह राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष प्रकाश कटुवाल,प्रवक्ता कुमार कार्की प्रदेश ,सदस्य मान बहादुर तामाङ ,तामाङ चलचित्र संघका केन्द्रिय अध्यक्ष कुमार मोक्तान,नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान युवा नेता प्रेम लामा लगायत विभिन्न संघ संस्थाको अतिथिहरुको बाग्लो उपस्थिति रहेको थियो ।
प्रथम वार्षिक साधारणसभा र सांगीतिक कार्यक्रममा अतिथि कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति राखेको थियोे ।
तामाङ चलचित्र संघ वाग्मती प्रदेशको अध्यक्ष आसमान वाइबाको सभापतित्वमा सम्पन्न कार्यक्रम नायिका सुनिता लुङ्बाले सञ्चालन गरिकी थिए।

























