तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ मा रहेको स्वयम्भू, बौद्ध, नमोबुद्ध म्हानेपा आमा समुहको १२ औं बार्षिक साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । सोमबार ग्योइखारमा सम्पन्न अधिवेशनले स्त्रीमाया लामाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा कविता माया तामाङ, सचिवमा पासाङ डोल्मो तामाङ, सह–सचिवमा लाली मोक्तान तामाङ, कोषध्याक्षमा मसाली माया तामाङ, सदस्यहरुमा बिष्णु तामाङ, विष्णु रानी तामाङ, म्हेन्दो रानी तामाङ, ईन्द्र माया तामाङ रहेका छन् ।

अधिवेशनको उद्घाटन गाउँपालिका उपाध्यक्ष दलमान थोकरले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थोकरले धार्मिक पर्यटनलाई तेमाल सरकारले प्रमुखताका साथ लिएकोले म्हानेपा आमा समूहको विशेष भूमिका रहेको बताए । गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै पालिकाले नीति तथा कार्यक्रममै बौद्ध धर्मलाई प्रवद्र्धन गर्ने नीति लिएको बताए ।

कार्यक्रममा ५ नं. वडा अध्यक्ष हजारसिं लामा, धर्मगुरुहरु र स्थानीयको सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।