चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले स्थानीय तह स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति सार्वजनिक गरेको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख टोपप्रसाद अधिकारीका अनुसार आगामी कार्तिक २० गते देखि २३ गतेसम्म सो प्रतियोगिताको आयोजना गरिएको हो ।
यस अघि प्रतिभा पहिचान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले मंसिरसम्ममा सबै प्रतियोगिताहरु सम्पन्न गर्ने बताएका थिए । अध्यक्ष चौंलागाईंले समयमै प्रतियोगिताहरु सम्पन्न गर्ने योजना बनाएकोले यो पटक समयसिमा भित्रै सबै प्रतियोगिताहरु सम्पन्न गर्ने अधिकारीले जानकारी दिए ।
सो अवसरमा दोस्रो मैत्रिपूर्ण शिक्षक भलिवल प्रतियोगिता पनि आयोजना गरिएको शिक्षा शाखा प्रमुख अधिकारीले जानकारी दिए । प्रतियोगिता वडा नं. ५ मा रहेको गाउँपालिका स्तरीय खेल मैदान तिर्थ स्मृति खेल मैदानमा हुने उनले जानकारी दिए ।

प्रतियाेगितामा यी खेलहरु समावेश हुनेछन्

१. भलिवल (छात्र र छात्रा)
२. एथ्लेटिक्स

क. दौड
छात्रः १०० मि., २०० मि., ४०० मि., ८०० मि., ४८ १०० मि. रिले, ४८ ४०० मि. रिले
छात्राः १०० मि., २०० मि., ४०० मि., ८०० मि. ४ १०० मि. रिले, ४८ ४०० मि. रिले

ख. उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ
छात्रः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सपफुट १२ पाउन्ड,
छात्राः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम, सपफुट ८ पाउन्ड

नामदर्ताका लागि फारामका साथ आवश्यक कागजातहरु

१. जन्मदर्ताको प्रमाणित प्रतिलिपी ।
२. कक्षा ९–१० मा अध्ययनरत विद्यार्थीको लागि कक्षा ८ को ग्रेडसिटको प्रमाणित प्रतिलिपी ।
३. कक्षा ११–१२ मा अध्ययनरत विद्यार्थीको लागि कक्षा १० को ग्रेडसिटको प्रमाणित प्रतिलिपी ।
४. ईमिसवाट डाउनलोड गरिएको विद्यार्थी परिचयपत्र ।
५. पासपोर्ट साइजको फोटो २ प्रति ।
६. कक्षा ११ र १२ को हकमा रजिष्ट्रेसन कार्ड र स्लिप ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।