बाैद्व ।करिब दुई दशकदेखि निरन्तर तामाङ चलचित्र उद्योगलाई अगाडि बढाउनका लागि अनवरत रुपमा खटिरहको एक चलचित्र खम्बाका रुपमा स्थापित नाम ,तामाङ चलचित्र संघको अध्यक्ष तथा बहुचर्चित नायक कुमार मोक्तानले भने सम्झना लामालाई “नाम धोसी ताइवा सेम मुला” भनेर निकै माया प्रेम भाषाले भनेका छन् ।
नायकद्वय कुमार मोक्तान र सम्झना लामाको यो भने यथार्थमा नभई नाम धोसी गीतको म्युजिक भिडियोमा काल्पनिक मात्र हुन्।
नाम धोसी ताईबा सेम मुला एदा बाम्न लापारी
बमतासी नपा सेमदा खाम्ना लाबारी। निकै मिठास शब्द र संगीतबाट गीतको प्रारम्भ गरेको छ।
तामाङ गीत संगीतको दुनियाँमा दिनप्रति नयाँ माया प्रेमगीतहरु बजारमा आइरहेका बेला फेरि अर्को नयाँ प्रेमगीत “नाम धोसी” बोलको म्युजिक भिडियो बजारमा आएको छ। उक्त गीतमा तामाङ चलचित्र संघको अध्यक्ष तथा तामाङ चलचित्र जगतमा बहुचर्चित नायक कुमार मोक्तानले भने सम्झना लामाले मुख्य अभिनय गरेका छन्।
शब्द, संगीत तामाङ कलाकार संघको अध्यक्ष तथा लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको रहेको गीतमा संगीतकारद्वय विशाल काल्तन र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाज सजिएको छ।
अडियोको एरेञ्ज चाँद सिको रहेको छ भने मिक्सिङ दिपेस प्रधानले गरेको हो।
मिस्टर काजीले निर्देशन रहेको भिडियोलाई छायांकन, कलर र इडिट त्रिलोक लामाले गरेका छन् ।
यस म्युजिक भिडियोलाई NI प्रोडक्शन हाउसको अफिसियल च्यानलबाट बर्गर टवर पीपलबोटमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक भएको हो।
भिडियो हेर्नुस्

























