भक्तपुर । गायक प्रविन्स् मोक्तानको सांगीतिक प्रस्तुति रहेको तामाङ सेलो “पुर्वको शैलुङ-२ शैलुङ मेलारी सार्वजनिक भएको छ।
विनायक तामाङको शब्द गायक प्रविन्स् मोक्तानको संगीत रहेको गीतमा गायक प्रविन्स् मोक्तान आफ्नै स्वर रहेको छ।उक्त भिडियोमा गायक प्रविन्स् मोक्तानले नै अभिनय गरेको छ।एरेञ्ज शुक्र दोङ तामाङले गरेको गीतलाई दिपेस प्रधानले गरेको हो।
मोक्तानको तामाङ सेलो तातोपानी माथि खासामा,डम्फू मेरो शिर भन्ने तामाङ सेलोहरु बजारमा सार्वजनिक आइसकेका छन् ।
गायक प्रविन्स् मोक्तान विगतका केही तामाङ चलचित्रमा नायकको समेत अभिनयमा देख्न सकेका मोक्तान पछिल्लो समयमा गायन क्षेत्रमा पनि अगाडि बढिरहेको छ। गायक प्रविन्स् मोक्तानको आफ्नै अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।
गीत हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























