काठमाडौ । स्वर्गीय अभिनेता कलाकार जयनन्द लामाले अभिनित गरेको तामाङ चलचित्र‘दार्बुङ’ दोस्रोपटकको प्रदर्शन सम्पन्न भएको छ।युवा नेता तथा समाजसेवी युद्ध बिक्रम लामा डी.बी.को प्रमुख आतिथ्यतामा सोमबार एक विशेष समारोहबीच चलचित्र दार्बुङ चावहिलस्थित नेपाल चलचित्र विकास बोर्डको सभाहलमा भएको थियोे ।
कार्यक्रमका अतिथिहरुमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खजित राई, तामाङचलचित्र संघ नेपालका केन्द्रिय अध्यक्ष कुमार मोक्तान, तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष आसमान वाईबा लगायत अन्य व्यक्तित्वहरु समेत रहेका थिए । उक्त कार्यक्रमबाट कलाकार र पत्रकार समाजसेवीहरुलाई प्रमाणपत्र र सम्मान पत्रबाट सम्मान गरेका थिए।
नायक सन्जय हुत्तको कथा र निरमाया घिसिङको लेखन रहेको चलचित्रलाई लोसाङ लामा र इकेस लामाको संयुक्त निर्मातामा निर्माण गरेका हो भने सह-निर्मातामा पर्खाई मोक्तान र भुईसाल लामा रहेका छन् ।
उक्त चलचित्रमा वरिष्ठ कलाकार स्वर्गीय जयनन्द लामा र नायकमा हुत्त सञ्जय र नायिका सुनिता लुङ्वाले मुख्य भुमिका निर्वाह गरेका छन् ।चलचित्रमा मान बहादुर तामाङ, सिर्जना गोले,डोमो ह्योल्मो,मायादेवी मोक्तान, भुईसाल लामा, राजकुमार तामाङ,इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तान ,करेशा वाइवा,सुस्मिता तामाङ, राम तामाङ,पेमा योञ्जन तामाङ, दिपेश लामा, रुदेन माझी, हिरन माझी,क्रीष्टल मगर,सुनमाया तामाङ तथा लगायतका कलाकारहरु भुमिका निर्वाह गरेको छ।
त्यसैगरी प्रदर्शनको तयारीमा रहेको चलचित्रमा एउटा गरिब परिवारमा जन्मेका अशक्त युवाको जीवन यापनका दाैरानमा भोगेका वास्तविक कथा र तामाङ समुदायको परम्परागत चालचलन मामा चेला र फूपू चेली विचको प्रगाढ सम्बन्धलाई चलचित्रले चित्रण गरेको चलचित्रको मुख्य सन्देश रहेको निर्देशक तथा नायक हुत्त सञ्जयले पत्रकारहरुलाई जानकारी दिएका थिए।
चलचित्रको निर्देशन हुत्त सञ्जय र अर्जुन खड्का द्वारा निर्देशित गरेको चलचित्रमा द्वन्द्वमा सुरज श्रेष्ठ रहेको छ। सम्पादन अर्जुन खड्का मिक्सिङ दिपक तामाङ,छायांकन प्रजल ,राहुत मेकअप नरेश खरेल रहेको छ ।चलचित्रको पाश्र्व संगीत कर्साङको नै रहेको छ।
चलचित्रमा एउटा गीत रहेको छ। शब्द सम्झना लामा र बुद्ध ब्लोन तामाङको हो भने गीतमा संगीत कर्साङ लामाको रहेको छ। उक्त गीतमा बबिता पाख्रिन, पुजा लामा, आकाश ब्लोन, कार्साङ लामाको आवाज रहेका छन् ।सोमबार प्रदर्शन सम्पन्न भएको उक्त चलचित्र गत बर्ष राष्ट्रिय नाचघर जमलमा पहिलो प्रिमियर शो गरेका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।