बेथानचाेक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले महिलाहरुकाे शिप विकासका लागि ३ महिने सिलाईकटाई तालिम दिएकाे छ । वडा नम्वर ५ मा संचालित ३ महिने सिलाई कटाई तालिम मंगलबार सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७९/०८० को गरीबी निवारणका लागि बेथानचोक गाउँपालिकाको आयोजनमा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम संचालन गरिएको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका प्रमुख भगवान अधिकारीले तीन महिनासम्म सिकेको सिपलाई जिवनमा लागु गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उनकाे तर्क थियाे ।

यसैबीच गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गरिन । गाउँपालिकाले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाईन् ।

कार्यक्रमको व्यवस्थापन नरायण प्रसाद सापकोटा र स्थानिय संयोजक गुञ्जामान तामाङले गरेको थियो । प्रशिक्षक गिता प्रधानले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

बेथानचोक गाउँपालिका लघु उद्यम विकास अन्तर्गत छ लाख रुपैयाँ बजेटबाट महिलाहरुलाई सिपमुलक तालिम दिइएको हो । तालिममा २२ जना महिलाहरुको सहभागि थिए । सहभागि प्रत्येकलाई सिलाई कटाइ लेवल १ को प्रमाणपत्र समेत प्रदान गरीएको कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए ।

वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाइवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रशाशकिया अधिकृत विस्वनाथ दाहालले गरेका थिए । कार्यक्रममा केथानचोक गाउँपालिकाका वडा नम्वर ३ का वडा अध्यक्ष कुबेर ढकाल बेथानचोक गाउँपालिका वडा नम्वर ५ का वडा सदस्य केशव लामा स्थानिय वासी लगायतको उपस्थिती रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।