काठमाडौं । तामाङ सेलो गायिका कमला दोङको तामाङ सेलो जगतको सांगीतिक बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल बहुचर्चित सेलो गीत ‘हेर्दैमा राम्री-२’ चर्चामा रहेको छ।
लोकप्रिय गायक तथा संगीतकार विश्व दोङ र गायिका कमला दोङको आवाजमा सजिएको उक्त गीतमा तामाङ चलचित्र जगतको महानायक अमिर दोङ र मोडल मन्जरी वाइबाको अभिनय रहेको छ ।
गीतकार कुमार बम्जनको शब्द तथा लोकप्रिय गायक तथा संगीतकार विश्व दोङकै संगीत रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन् । भाग-१ को अडियो करिब ५७ लाख र भिडियो ३७ लाखले हेरेपछि उत्साहित भएका हेर्दैमा राम्री टिमले भाग-२ ल्याएन सफल भएको हो ।
तामाङ चलचित्रका महानायक अमिर दोङले निर्देशन गरेको भिडियो छायांकन र इडिट त्रिलोक लामाले गरेको हो।
हेर्दैमा राम्रीको अगिल्लो भागमा गायक दोङ र मोडल सोंगमित थिङले अभिनय गरेका थिए । सेलो सांगीतिक बजारमा सबैले रुचाएको हेर्दैमा राम्रो-२ लाई पनि दर्शकले रुचाउने विश्वास भिडियो निर्माण टिमले लिएको छ ।
यस गीतमा अभिनय गरेका दोङले आफ्नो टिमले भिडियो निर्माणमा अत्याधिक मेहनत गरेकोले यस गीतको भिडियोलाई पनि अघिल्लो गीतलाई जस्तै माया र विश्वास लिने सक्ने अनुमान गरिएको छ। भिडियोको कोरियोग्राफर राजकिङ वाइबाले गरेका छन् ।
केही दिन अघि मात्र डम्फु मिडिया युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई सार्बजनिक गरिएको दुई दिनमा नै ७० हजार भन्दा धेरैले हेरिसकेका छन् ।
भिडियो हेर्नुस् ।

























