चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका शिक्षकहरुबीच भलिवल खेल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाका शिक्षकहरु सहभागी हुने उक्त खेल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकै बीचमा हुने भएको हो ।

शिक्षा शाखा प्रमुख टोपप्रसाद अधिकारीका अनुसार र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्तिक २० गतेदेखि २३ सम्म हुनेछ । उक्त समयमा गाउँपालिकामा कार्यरत शिक्षकहरुको शिक्षक भलिवल प्रतियोगिता हुने शाखा प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार टिम दर्ता कार्तिक १५ गतेसम्ममा गर्नुपर्ने छ ।

यस्तो छ सहभागीताका मापदण्ड र पुरस्कारको व्यवस्था

शिक्षा शाखा प्रमुख अधिकारीका अनुसार प्रतियोगितामा प्रत्येक वडाबाट सो वडाभित्र कार्यरत सम्पुर्ण शिक्षकहरु सहभागी हुन पाईने, टिम दर्ताको नेतृत्व सम्वन्धित वडामा रहेको उच्चतम कक्षा संचालन भएको विद्यालयले गर्नुपर्ने र एउटै वडावाट २ वटा टिम सहभागी हुन नपाईने व्यवस्था गरेको छ ।

त्यसैगरि टिम दर्ता शुल्क भने २ हजार रुपैयाँ लाग्ने उनले बताए । यसैबीच गाउँपालिकाले विजेता टिमलाई प्रथम पुरस्कार २० हजार रुपैयाँ नगद, द्वितीय पुरस्कार १५ हजार रुपैयाँ र तृतीय पुरस्कार १० हजार रुपैयाँ नगद दिने र सबै विजेतालाई प्रमाणपत्र समेत वितरण गरिने अधिकारीले जानकारी दिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला